Nepal

हिमालयन राष्ट्रमा महामारीको निरन्तर पुनरुत्थानको बीचमा नेपालले सबैभन्दा बढी सिंगल-डे कोविड १९ घटनाहरू दर्ता गरेको छ।

हिमालयन राष्ट्रमा महामारीको निरन्तर पुनरुत्थानको बीचमा नेपालले सबैभन्दा बढी सिंगल-डे कोविड १९ घटनाहरू दर्ता गरेको छ।

सोमबार स्वास्थ्य र जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा महामारीले ३७ व्यक्तिको मृत्यु भयो र ७४४८ मानिसहरूलाई संक्रमित भएको, सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। नयाँ सर्गाइका साथ देशको समग्र केसलोड र मृत्युको संख्या क्रमशः ३४३४१८ र ३३६२ रहेको छ। घरेलु र अन्तर्राष्ट्रिय उडानहरू निलम्बन सहित महामारी नियन्त्रण गर्न सरकारले थुप्रै उपायहरू अपनाएको छ।
Read More
माओवादी केन्द्र: नेकपासम्बन्धी फैसला सर्वोच्च अदालतले पुनरवलोकन नगर्दा असन्तुष्टि,

माओवादी केन्द्र: नेकपासम्बन्धी फैसला सर्वोच्च अदालतले पुनरवलोकन नगर्दा असन्तुष्टि,

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउनेगरी गएको महिना आफूले गरेको फैसला पुनरवलकोन गर्न नमिल्ने आदेश सर्वोच्च अदालतले दिएपछि मुद्दा दायर गर्ने पक्षका नेताले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार प्रधान्यायाधीश चोलेन्द्र शम्सेर जबरासहित तीन न्यायाधीशको पूर्ण इजलासमा उक्त आदेश पुनरवलोकनको माग गरिएको निवेदन पेस भएको थियो। न्याय प्रशासन ऐनको दफा ११ (२) को खण्ड ख बमोजिमको अवस्था नरहेकाले यसअघिको निर्णय पुनरवलोकन गर्न नमिल्ने निर्णय सर्वोच्च अदालतले गरेको छ। अदालतबाट नेकपाको नामसम्बन्धी विवाद निरूपण गर्दा स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको अवस्था नरहेको भन्दै पुनरवलोकन निवेदन अस्वीकार गरेको हो।
Read More
प्रचण्डले सर्वोच्च अदालतको अपहेलना मुद्दामा दिएको जबाफका पाँच मुख्य बुँदा

प्रचण्डले सर्वोच्च अदालतको अपहेलना मुद्दामा दिएको जबाफका पाँच मुख्य बुँदा

आफूले सर्वोच्च अदालतको अपहेलना गरेको भन्ने मुद्दामा लिखित जबाफ पठाउँदै नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डले उक्त मुद्दा खारेज गर्न अदालतलाई आग्रह गरेका छन्।अपहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रचण्डलाई आफैँ उपस्थित भई जबाफ दिन आदेश दिएको थियो।प्रचण्डले आइतवार अदालतमा पेस गरेका लिखित जबाफमा उल्लिखित तर्कमध्ये पाँच मुख्य बुँदा यसप्रकार छन्:
Read More
प्रधानमन्त्रीबाट गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरोधी कति आशावादी

प्रधानमन्त्रीबाट गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरोधी कति आशावादी

नेपालको संसदीय इतिहासमा ऐतिहासिक रूपमा सबल उपस्थिति देखाउन सक्नेगरी कम्युनिस्ट पार्टी निर्माणको अगुवाइ गरेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले दुई किनारमा पुगेका छन्। सडक सङ्घर्षमा ओर्लिएका प्रचण्ड र उनी पक्षका नेताहरूले सत्तामा रहेका ओलीमाथि वर्तमान संविधानमा प्रमुख तीन विशेषताहरू गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरोधमा गतिविधि गरेको आरोप लगाइरहेका छन्। प्रधानमन्त्री ओलीले केही दिनअघि पशुपतिनाथको मन्दिर पूजा गर्नु र आफ्नो पार्टीको सभा गर्न तत्कालीन राजदरबार रहेको नारायणहिटी अगाडिको दरबारमार्ग रोज्नुलाई कतिपयले उनी फरक बाटोमा हिँड्न खोजेको सङ्केतको रूपमा अर्थ्याएको पाइन्छ।
Read More
भारतले नेपाललाई दिये कोभिड वैक्सीन

भारतले नेपाललाई दिये कोभिड वैक्सीन

संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ।आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ।
Read More
वैदेशिक रोजगार: मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

वैदेशिक रोजगार: मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्। ती शवहरू नेपाल ल्याउन 'सरकारलाई आग्रह गरिए' अनुसार 'यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको' वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ। कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको…
Read More
राडी बजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर

राडी बजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर

आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ । बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए । सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि पुनःझडप भएको डीएसपी श्रेष्ठले बताए । नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा…
Read More
विद्युत् निर्यात गर्ने प्रक्रियामा नेपाल ‘पहिलो पटक’ सहभागी

विद्युत् निर्यात गर्ने प्रक्रियामा नेपाल ‘पहिलो पटक’ सहभागी

जलस्रोतको प्रचुर सम्भावना रहेको नेपालमा उत्पादित विद्युत् निर्यातका लागि पहल अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत् विद्युत् उपलब्ध गराउन आह्वान गरिएको टेन्डर प्रक्रियामा प्राधिकरण पनि सहभागी रहेको प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए। प्राधिकरण २५ मेगावाट विद्युत् निर्यात गर्ने प्रस्ताव सहित टेन्डर प्रक्रियामा सहभागी भएको उनले बताए। प्राधिकरणसँग जुन अतिरिक्त विद्युत् बाँकी रहन्छ त्यसलाई निर्यात गर्ने गरी पहिलो पटक विद्युत् नियमन आयोगसँग अनुमति लिएर २५ मेगावाट बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएका हौँ," तिम्सिनाले भने। टेन्डर आह्वान अनुरूप सहमति हुन सकेको अवस्थामा मे महिनादेखि पाँच महिनालाई विद्युत् बेच्ने तयारी प्राधिकरणको छ। प्राधिकरणले ४००…
Read More
प्रतिनिधिसभा पुनर्स्थापना असम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

प्रतिनिधिसभा पुनर्स्थापना असम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

पुसको पहिलो साता आफूले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको अवस्थामा पुगेपछि पहिलो पटक आफू पक्षका कार्यकर्ताहरूलाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी ओलीले जुनसुकै हालतमा आगामी वैशाखमा चुनाव गराउने बताए। उक्त सभामा ओलीले नेकपाको अर्को खेमाका शीर्ष नेताहरूको चर्को आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको आरोप लगाए। प्रधानमन्त्रीको उक्त सम्बोधन कार्यक्रममा सरकारका चार मन्त्रीहरू पनि धनगढी पुगेका थिए। प्रतिनिधिसभा विघटन विरुद्ध लगभग एक दर्जन रिट सर्वोच्च अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र कानुनी रूपमा संसद्को पुनर्स्थापना सम्भव नरहेको बताएका छन्।
Read More
महिला फुटबल: ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’

महिला फुटबल: ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’

अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला र पुरुष राष्ट्रिय खेलाडीहरूको मासिक तलब बराबर बनाएको छ। यस निर्णयले एउटा खुड्किलो पार गरेको मान्ने खेलाडीहरू अब खेल र प्रतियोगितामा पनि बराबरी भए देशका लागि राम्रो खेल्न सक्ने बताउँछन्। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
Read More