30
Dec
बलिउड अभिनेता नसीरुद्दीन शाहको एउटा पछिल्लो अभिव्यक्ति निकै चर्चामा आएको छ । उनले मुस्लिमहरूको सामूहिक नरसंहारको आह्वान गर्ने कथित 'हिन्दु धर्म गुरुहरू'ले गृहयुद्ध सुरु गर्न चाहेको टिप्पणी गरेका छन् । उत्तराखण्डको हरिद्धारमा १७ देखि १९ डिसेम्बरसम्म हिन्दुवादी नेता तथा कट्टरपन्थीहरूले 'धर्म संसद्'को आयोजना गरेका थिए । जहाँ मुस्लिम तथा अल्पसंख्यक समुदायमाथि घृणायुक्त भाषण दिइएको थियो । यतिसम्म कि उनीहरूको सामूहिक नरसंहार गर्न आह्वान गरिएको थियो । सोहीबारे टिप्पणी गर्दै अभिनेता नसीरुद्दीनले उनीहरूले गृहयुद्धको आह्वान गरेको बताएका हुन् । उनले आवश्यक परे आफूहरू लड्न तयार रहेको पनि बताएका छन् । “उनीहरूको बोलेको सुनेर म छक्क परेको छु । उनीहरू गृहयुद्धका लागि अपील गरिरहेका छन् । हामी २० करोड मानिस यति सजिलै…