Lata Mangeshkar

लताको प्रार्थनामा शाहरुखले फुकेका थिए, तर बहसमा ‘थुक’

लताको प्रार्थनामा शाहरुखले फुकेका थिए, तर बहसमा ‘थुक’

‘जिरो’ रिलिज भएको तीन वर्ष भइसक्दा नयाँ चलचित्र दर्शकमाझ नल्याएका बलिउड अभिनेता शाहरुख खान सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खासै देखिंदैनन् । पछिल्ला वर्षमा शाहरुख सामाजिक सञ्जाल र युट्युबमा सर्वाधिक धेरै ‘टार्गेट’ गरिएका अभिनेता हुन् । अझ केही महिनाअघि छोरा आर्यन खानलाई ड्रग्सको मुद्दामा पक्राउ गरिएपछि भने शाहरुख सामाजिक सञ्जालबाट पूर्ण रुपमा टाढा छन् । शाहरुख आइतबार लोकप्रिय गायिका लता मंगेशकरको अन्तिम संस्कारमा श्रद्धाञ्जली दिन मुम्बईको शिवाजी पार्कमा पुगेका थिए । त्यसक्रममा शाहरुखले लतालाई जुन तरिकाले प्रार्थना गरे, त्यो विषयमा सत्तारुढ भाजपाका एक पदाधिकारीले प्रश्न उठाएका छन् । अहिले ती पदाधिकारीको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । शिवाजी पार्कमा लताको…
Read More
लता जीले विश्वभरका नेपालीहरुको मन छोएकी छिन्

लता जीले विश्वभरका नेपालीहरुको मन छोएकी छिन्

फुल भन्छ फुली रहु, जुन भन्छ चमकी रहुफुल भन्छ फुली रहु, जुन भन्छ चमकी रहुमन त भन्छ सबाइ सँग माया मोह राखी रहु बच्चुञ्जेललाई, बच्चुञ्जेललाई माथि दिइएको लिरिक्स 'बच्चुञ्जेललाई' गीतको हो जसलाई लता मंगेशकर र रामकृष्ण ढकालले स्वर दिनु भएको थियो ‘बच्चुञ्जेललाई’ लाई आनन्द अधिकारीले लेखेका हुन् भने संगीत शिकार सन्तोषले दिएका हुन् । ९२ वर्षको उमेरमा निधन भएकी चर्चित गायिकाले धेरै नेपाली गीत पनि गाएकी छिन्। उनी भारतमा मात्रै नभई विश्वभरका मानिसहरूले उनको सुन्दर आवाजको प्रशंसा गर्छन्। 'नाईटेङ्गल अफ् इण्डिया' भनेर चिनिने लता जीले साँच्चै धेरै मानिसहरूको मनलाई छोएकी छिन्। उनी बॉलीवुडमा  धेरै नयाँ गायक र संगीतकारहरुको प्रेरणा थिए। उनको…
Read More
लता मंगेशकरको अवस्था गम्भीर, फेरि भेन्टिलेटरमा सारियो

लता मंगेशकरको अवस्था गम्भीर, फेरि भेन्टिलेटरमा सारियो

भारतीय गायिकालता मंगेशकरको स्वास्थ्यावस्था गम्भीर बनेपछि फेरि भेन्टिलेटरमा सारिएको छ । उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । ९२ वर्षीया लता त्यसबेलादेखि आईसीयूमा छिन् । लता मंगेशकरको उपचारमा संलग्न डा. प्रतीत समधानीले लताको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा सारिएको बताएका छन् । चिकित्सकको टोलीले उनको चौबिसै घन्टा निगरानी गरिरहेको उनको भनाइ छ । केही समयअघि मंगेशकरलाई भेन्टिलेटरबाट बारिर निकालिएको जानकारी आएको थियो । उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । त्यस्तै, मंगेशकरको मृत्युको हल्ला बाहिरिए थियो । त्यसपछि आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै परिवारका सदस्यले झुटो खबरमा ध्यान नदिन आग्रह गरेका थिए ।…
Read More
आईसियूमै लता मंगेशकर, कस्तो छ स्वास्थ्यावस्था ?

आईसियूमै लता मंगेशकर, कस्तो छ स्वास्थ्यावस्था ?

भारतीय महान गायिका लता मंगेशकर कोरोना संक्रमण पुष्टिपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छिन् । उनकाे सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको हाे । ९२ वर्षीया मंगेशकर कोरोना संक्रमणका साथै निमोनियाका कारण ८ जनवरीमा अस्पताल भर्ना भएकी थिइन् । उनको पछिल्लो स्वास्थ्यवस्थाबारे अपडेट आउन सकेको छैन ।    यसैबीच, उनको स्वास्थ्यावस्थाबारे परिवारका सदस्य र डाक्टरले भोलि (२८ जनवरी) मा अपडेट दिने भएका छन् । गायिका मंगेशकरको स्वास्थ्यवस्थाबारे पटकपटक जानकारी दिन कठिनाई भइरहेको उनको परिवारले बताएको छ । ‘पटकपटक दिदीको स्वास्थ्यावस्थाको बारेमा जानकारी दिन समस्या भइरहेको छ, त्यसैले हामी २८ जनवरीमा दिदीको स्वास्थ्यस्थितिबारे जानकारी दिनेछौं,’ मंगेशरकी परिवार सदस्य रचनाले भनेकी छन् ।
Read More
लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण उनलाई मुम्बईको क्याण्डी अस्पतालमा आईसियूमा उपचार भर्ना गरिएको थियो। यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो।
Read More
भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।  कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्य गम्भिर बनेपछि उनलाई आइसीयुमा राखी उपचार गरिएको हो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार लता मंगेशकरलाई कोरोना संक्रमणको साथसाथै निमोनिया पनि भएको छ । अझै उनलाई १०–१२ दिन निगरानीमा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।  ९२ वर्षीय लता मंगेशकर गत साता कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । 
Read More
दिलीप कुमारको निधनमा दुःखी हुँदै लता मंगेशकरले भनिन्

दिलीप कुमारको निधनमा दुःखी हुँदै लता मंगेशकरले भनिन्

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधनले पुरै उद्योग शोकमा डुबेको छ । आज चर्चित गायिका लता मंगेशकरले दिलीप कुमारको निधनमा धेरै दुःखी हुँदै भावुक ट्विट गरेकी छिन् । लताले दिलीप कुमारलाई आफ्नो ठुलो दाजु मान्दै राखी बाध्ने गरेकी थिइन् । उनले पहिलो ट्विटमा लेखेकी छिन्, ‘युुसुफ दाजु आफ्नो सानो बहिनीलाई छाडेर जानु भो’ । लताले दिलीपको निधनले एक युगको अन्त्य भएको समेत उल्लेख गरेकी छिन् । यूसुफ़ भाई आज अपनी छोटीसी बहन को छोड़के चले गए.. यूसुफ़ भाई क्या गए, एक युग का अंत हो गया. मुझे कुछ सूझ नहीं रहा. मैं बहुत दुखी हूँ, नि:शब्द हूँ.कई बातें कई यादें…
Read More