03
May
भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्चाको विषय बनाएका छन्। देशभित्रै आन्तरिक संकटका माझ समस्याको सुल्झन खोज्नुको साटो विदेशमा रमाइरहेका गान्धीलाई भारतीय जनता पार्टीले (भाजपा) आलोचना गरिरहेको छ। भाजपाका आईटी प्रमुख अमित मालवियाले गान्धीको नाइटकल्बको भीडियो ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले सोही ट्वीटमार्फत व्यंगात्मक शैलीमा ‘काङ्ग्रेस पार्टी सकिसक्दा पनि गान्धीको पार्टी चलिरहेको’ कुरा जोडेका छन्। Rahul Gandhi was at a nightclub when Mumbai was under seize. He…