Gorkha

असममा गोर्खाहरू सुरक्षित छन् : हिमन्त विश्व शर्मा

असममा गोर्खाहरू सुरक्षित छन् : हिमन्त विश्व शर्मा

असममा गोर्खाहरू सुरक्षित छन्, असममा गोर्खाहरूको निम्ति विशेष नागरिकता ऐन लागू हुनेछैन, असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आइतवार यहाँ उक्त कुरा भने । असमका मुख्यमन्त्री आइतवार केही घण्टाको निम्ति सिलगढ़ी आएका थिए । तिनीसँग असम भाजपाका राज्य सभापति भवेश कालिता पनि थिए। असमका पूर्व विधायक भाजपा नेता तथा असमका बंगाली अल्पसंख्यक सेलका सचिव अलोक घोष सिलगढ़ी लेकटाउनको श्रीमा सरणीमा बस्थे । अस्वस्थ भएपछि बितेको ७ अगस्त तिनको मृत्यु भयो । अलोक घोषका परिवारप्रति समवेदना प्रकट गर्नको निम्ति असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा आइतवार केही घण्टाको निम्ति सिलगढ़ी आएका थिए बिहान बाघडुग्रा विमानस्थलमा विमानबाट ओर्लिएपछि तिनी यहाँको लेक टाउनस्थित अलोक घोषको…
Read More
गोर्खा भर्ती: के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

गोर्खा भर्ती: के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

यो साताको सुरुदेखि नै नेपालमा "भारतीय सेनामा नेपाली महिलाका लागि पनि भर्ती खुलेको" भन्ने दाबी गरिएको समाचारले ठूलो चर्चा पायो। सुरुमा काठमाण्डूस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट जारी गरिएको भनिएको एउटा सूचना सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि कैयौँ अनलाइनहरूमा उक्त समाचारले स्थान पायो। अनि तिनै समाचारका आधारमा केही नेपाली नेता र विश्लेषकले पनि भारतीय सेनामा नेपाली महिलाको भर्तीबारे सार्वजनिक टिप्पणी गरे। तर भारतीय सेनाले चाहिँ "नेपाली महिलाका लागि भर्ती नखुलाइएको" स्पष्ट पार्दै सूचना सच्याएको छ। भारतीय सेनाको सूचनामा थियो? भारतीय सेनाले गत मे २८ मा १०० जना 'महिला सैन्य प्रहरी'का लागि भर्ना खुलाउने सूचना निकालेको थियो। भारतीय सेनाको 'जोइन इन्डियन…
Read More
फेरि ब्रिटेनमा प्रदर्शन, के पूरा होलान् पूर्व गोर्खा सैनिकका माग

फेरि ब्रिटेनमा प्रदर्शन, के पूरा होलान् पूर्व गोर्खा सैनिकका माग

ब्रिटिश सरकारले कोभिड-१९ सँग जुध्न लागू गरेका प्रतिबन्धहरू केही खुकुलो तुल्याउँदै गर्दा मङ्गलवार सेन्ट्रल लन्डनमा सयौँ भूतपूर्व गोर्खा सैनिकहरू जम्मा भएर 'न्यायको माग' गरे। उनीहरूले "हामीलाई न्याय चाहियो, हामीसँग समान व्यवहार गरियोस्" जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए। भूतपूर्व गोर्खा सैनिकहरूसँग ब्रिटेनस्थित शीख समुदाय, केही भूतपूर्व ब्रिटिश सैनिकहरू र अन्य सङ्घसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका थिए। त्यस्तै गोर्खा सैनिकहरूलाई समर्थन जनाउँदै प्रदर्शनमा सहभागी नेपाली मूलका केही युवायुवतीहरूले नेपाललाई कोभिड विरुद्ध खोप दिन ब्रिटिश सरकारसँग माग गरेका थिए। Click here to view source
Read More