death

भारतमा थप २५ हजारमा कोरोना पुष्टि, मृतकको संख्या ५ लाख ११ हजार नजिक

भारतमा थप २५ हजारमा कोरोना पुष्टि, मृतकको संख्या ५ लाख ११ हजार नजिक

भारतमा कोरोना संक्रमण दर निरन्तर ओरोलो लागिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९२० जना मात्र नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको कुल संख्या भएयता हालसम्म ४ करोड २७ लाख ८० हजार नाघेको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ  ।  पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार २५४ जना डिस्चार्ज भएका छन् । भारतमा हालसम्म ४ करोड १९ लाख ७७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।  हाल भारतमा २ लाख ९२ हजार ९२ जना सक्रिय संक्रमित छन् । त्यस्तै, गत २४ घण्टामा भारतमा ४९२ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख…
Read More
भारतमा महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ।

भारतमा महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ।

भारतमा कोभिड-१९ महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ। विगतका वर्षको तथ्याङ्कसँग तुलना गर्दा मृत्यु हुनेको अनुमानित सङ्ख्याभन्दा बढी मृत्युलाई अतिरिक्त मृत्युबाट मापन गरिन्छ। कोभिड-१९ कै कारण उक्त सङ्ख्यामा समाविष्ट कति जनाको मृत्यु भएको हो त्यो भन्न कठिन भए पनि अतिरिक्त मृत्युले महामारीको समग्र प्रभाव देखाउँछ। भारतमा कोभिडका कारण अहिलेसम्म चार लाख १४ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ। ठूलो अर्थतन्त्र भए पनि भारतले यो महामारीका बेला अतिरिक्त मृत्युको लगत राखेको छैन। अमेरिकास्थित सेन्टर फर ग्लोबल डिभेलप्मन्टका अध्ययनकर्ताहरूले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्याङ्क सङ्कलन गरेर भारतमा सबै…
Read More
खोप अभियान चलिरहँदा हालसम्म कोभिड-१९ बाट चार लाख भन्दा बढीको मृत्यु

खोप अभियान चलिरहँदा हालसम्म कोभिड-१९ बाट चार लाख भन्दा बढीको मृत्यु

खोप कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउन प्रयास गरिरहेको भारतमा कोभिड सम्बन्धी कारणहरूबाट मृत्यु हुनेहरूको सङ्ख्या ४००,००० नाघेको बताइएको छ। कतिपय मृत्युको विवरण आधिकारिक सरकारी तथ्याङ्कमा समावेश नभएको हुँदा ज्यान गुमाएकाहरूको खास सङ्ख्या निकै बढी हुन सक्ने विज्ञहरूले बताएका छन्। कोभिडका कारण धेरैको मृत्यु हुने देशहरूमा भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ। भारतमा हालसम्म तीन करोड भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् जुन अमेरिकापछिको सर्वाधिक सङ्ख्या हो। भारतमा गत मे महिनामा सङ्क्रमणको लहर उच्च विन्दुमा रहेका बेला प्रत्येक दिन औसतमा ४००,००० जना सङ्क्रमित हुन्थे। त्यो सङ्ख्या अहिले घटेर ४०,००० भन्दा केही बढी छ। विभिन्न राज्यहरूमा कडा लकडाउन गरिएका…
Read More
बिहारमा कोभिड–१९ का कारण जुन ९ सम्म ९ हजार ४२९ जनाको ज्यान गएको छ ।

बिहारमा कोभिड–१९ का कारण जुन ९ सम्म ९ हजार ४२९ जनाको ज्यान गएको छ ।

९ जुनसम्म यो आँकडा ५ हजार ४७८ थियो, त्यसमा ३ हजार ९५१ अध्यावधिक गरिएको हो । सोही कारण पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै पुगेको दाबी गरिएको छ। भारतमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ। गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात…
Read More
इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्या

इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्या

 इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको जानकारी दिएको हो । इरानी सञ्‍चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई 'राज्य प्रायोजित आतंक' को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, 'आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको हत्या गरेका छन् ।'
Read More
फुटबल गडको प्रयाण

फुटबल गडको प्रयाण

तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड। म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप।प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। उनी अनेकौँ विवादमा परे।लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे। उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए। छानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन्।
Read More
प्रणब मुखर्जी: भारतको भूतपूर्व राष्ट्रपति अनी भारत रत्न को दुखित निधन

प्रणब मुखर्जी: भारतको भूतपूर्व राष्ट्रपति अनी भारत रत्न को दुखित निधन

हाम्रो पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जी र भारत रत्न दिल्लीको अस्पतालमा फोक्सोको संक्रमणका कारण ८४ वर्षको उमेरमा बित्नुभयो। यस महिनाको सुरूमा उनले ब्रेन सर्जरी गरेका थिए र सेप्टिक आघातको स्थितिमा थिए किनभने उनको अवस्था फोक्सोको संक्रमणको कारण बिग्रिएको थियो। उनका छोरा अभिजित मुखर्जीले उनको निधनको घोषणा गरे। उनले दृढ राजनीतिक विश्वास, विद्वान बराबर उत्कृष्टता र एक विशाल राजनीतिज्ञको विरासत छोडे। २०१२ मा उनी भारतको १३औं राष्ट्रपतिको रूपमा निर्वाचित भए। यस अघि उहाँ सात पटक संसद सदस्यको रूपमा काम गर्नुभयो। शोक अभिजित मुखर्जीले ट्वीट गरे: "हेवी हार्टको साथ, यो कुरा तपाईंलाई सूचित गरिरहेको छ कि मेरा बुबा श्री # प्रणव मुखर्जी…
Read More