Coronavirus

नेपाल सरकारले सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

नेपाल सरकारले सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

गतेदेखि केही अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी आइतवार साँझ एक मन्त्रीले बीबीसीलाई दिएकी थिइन्। नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मे ६ देखि १४ मेसम्म (वैशाख २३ देखि ३१ गते सम्म) नेपालमा सबै किसिमको अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गर्ने निर्णय भएको छ। कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि राजधानीसहित नेपालका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ। विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो।
Read More
कोभिड-१९ भएका बेला शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने?

कोभिड-१९ भएका बेला शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने?

कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्। घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्। अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव 'ठूलै समस्या' का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ।
Read More
कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ।

कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ।

भर्खरै ब्रजिललाई उछिन्दै भारत विश्वमा दोस्रो धेरै प्रभावित देश बनेको छ। सङ्क्रमणको सुनामीले देशलाई हल्लाइदिएको छ र अस्पतालहरूलाई किनारमा पुर्‍याइदिएको छ। त्यहाँ दैनिक १,००० जनाको कोभिड-१९ का कारणले मृत्यु हुने गरेको छ। "दैनिक ५०-६० जनाको अन्त्येष्टि गर्छौँ" भारतको निकै प्रभावित राज्य महाराष्ट्रमा बढ्दै गएको मृत्युका कारण दाहसंस्कारका लागि स्मशानघाटहरूले अतिरिक्त समय दिइरहनुपरेको छ। पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन्, "अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ।" प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ। भारत एप्रिल महिनाको सुरुबाट घातक दोस्रो लहरको चपेटा परेको छ। भारतमा एप्रिल १५ तारिखयता…
Read More
आलिया भट्टलाई कोरोना संक्रमण

आलिया भट्टलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । बिहीबार राति आलियाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् । उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् । यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहिरीलाई पनि कोरोना पुष्टि भएको थियो । आमिर कोरोना पोजिटिभ भए पनि आफूलाई त्यस्तो कुनै जटिल समस्या नदेखिएको बताएका थिए । उनी होम क्वारेन्टाइनमै बसेका छन् । ६८ वर्षीय लहिरीलाई भने हल्का लक्षण देखिएकाले मुम्बईस्थित एक अस्पतालको आईसीयूमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा…
Read More
भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीलाई कोरोना, ४६९ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीलाई कोरोना, ४६९ को मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ४ सय ६९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट एकै दिन ज्यान गुमाउने यो जनवरीयताकै उच्च संख्या हो । बिहीबार पनि भारतमा कारोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ । पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन् । गएको २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । भारतको महाराष्ट्र राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ४३ हजार…
Read More
कोरोना भाइरस खोप: भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज

कोरोना भाइरस खोप: भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज

नेपालले किनेको कोभिड खोप उपलब्ध गराउन केही सातादेखि सीरम इन्स्टिट्यूट अफ इन्डियाले आनाकानी गरिरहेको थियो। प्रतिडोज चार डलरमा किनिएको २० लाख मात्रामध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख मात्रा आपूर्ति गर्न बाँकी नै छ। तर भारत सरकारले नै अकस्मात् कोभिशील्डको निकासीमा अस्थायी रोक लगाउने भनेपछि नेपालको अन्योल झनै बढ्ने देखिन्छ। यसबाट कोरोनाभाइरसविरुद्ध सुरु गरिएको खोप अभियान प्रभावित हुने देखिएको छ। नेपालले हालसम्म भारत सरकारबाट अनुदानमा पाएको १० लाख मात्राको खोप, कोभ्याक्स सुविधाअन्तर्गत पाएको झन्डै साढे तीन लाख मात्रा अनि खरिद गरेकोमध्ये प्राप्त १० लाख मात्रा पाइसकेको छ। प्रारम्भिक चरणमा स्वास्थ्य तथा सफाइ कर्मचारीसहित अग्रपङ्क्तिका अनि त्यसपछि…
Read More
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा जोखिम

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा जोखिम

विभिन्न राज्यमा लकडाउन भएपछि त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने र संक्रमण बढ्ने अनुमान भारतमा कोरोना संक्रमण विस्तारसँगै नेपालमा जोखिम बढेको छ । संक्रमण विस्तारका दृष्टिले आगामी एक महिना निर्णायक हुने विज्ञहरूले बताएका छन् । यो साता दिनहुँ संक्रमण वृद्धिदर न्यून छ । हाल शल्यक्रिया गराउने र विदेश जाने चार हजार जनाले परीक्षण गराइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को साप्ताहिक इपिडिमियोलजिकल अध्यावधिक विवरणअनुसार कोभिडको नयाँ संक्रमण विश्वव्यापी रूपमा बढिरहेको छ । गत साता १० प्रतिशतले संक्रमण बढेसँगै कोभिडको ३० लाखभन्दा बढी नयाँ केस रिपोर्ट गरिएको छ । भारतमा पछिल्लो समय ३० प्रतिशतले नयाँ केस थपिएको छ । ‘भारतसहित विदेशबाट आउनेलाई स्थानीय पालिकाहरूले घरमै भए पनि १०…
Read More
भारतमा फेरि बढ्यो संक्रमण

भारतमा फेरि बढ्यो संक्रमण

महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरातलगायत राज्यका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यु  भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरस संक्रमितको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ । अधिकारीहरूले संक्रमण थप फैलिएसँगै खोप अभियान तीव्र पारिएको जनाएका छन् ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन २५ हजार ३ सय २० जना संक्रमण पुष्टि भएको छ । जुन ३ महिनायताकै दैनिक संक्रमितको संख्यामा सबैभन्दा बढी हो । आइतबार थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १३ लाख नाघेको छ । संक्रमितको संख्याका हिसाबले भारत विश्वमा एघारौं स्थानमा छ । दैनिक वृद्धिका हिसाबले आइतबार सबैभन्दा उच्च रहेको छ । अघिल्लो दिनको तुलनामा आइतबारको वृद्धि ८ हजार ५…
Read More
कोरोना भाइरस खोप: ईयूमा ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह

कोरोना भाइरस खोप: ईयूमा ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह

ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस 'भ्याक्सिनेसन पासपोर्ट' अर्थात् 'खोप राहदानी' स्विकार्न आह्वान गरेका छन्। त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ। ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेका हुन्। उनीहरूका प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन्। ईयू नेताहरूबीच भएको एउटा भर्चुअल छलफलमा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो। तर 'भ्याक्सिन पासपोर्ट'लाई उक्त सङ्गठनका केही देशहरूको विरोधको सामना गर्नुपर्‍यो। अविश्वास फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन्। उनीहरूका तर्कमा खोप…
Read More
कोरोना भाइरस नेपालः कोभिड-१९ खोप तीन महिनामा सबै नेपालीलाई उपलब्ध गराउन कति सम्भव?

कोरोना भाइरस नेपालः कोभिड-१९ खोप तीन महिनामा सबै नेपालीलाई उपलब्ध गराउन कति सम्भव?

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सरकारले सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताए पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले नेपालीहरूलाई कोरोनाभाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका छन्। चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ। गत साता भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले बुधवारबाट कोभिड-१९ विरुद्धको खोप अभियान आरम्भ गरेको हो। नेपालमा कोभिड खोप अभियान सुरु, तीन महिनाभित्र सबैलाई 'निःशुल्क खोप'कोभिड खोप अभियानको पहिलो दिनका तस्बिर एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड-एस्ट्राजेनेकाको भारतमा उत्पादित…
Read More