01
Apr
अमेरिकाले रुसको विरुद्धमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने मुलुकले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) दिलीप सिंहले आफ्नो भारत यात्राका क्रममा मिडिया ब्रिफिङमा भने, ‘चीनले एलएसीको उल्लंघन गरेमा रुस भारतलाई बचाउन आउने छैन ।’ भारतले रुसबाट ऊर्जा खरिद गर्नु अमेरिकी प्रतिबन्धको उल्लंघन नभएको तर रुसमाथिको निर्भरतालाई भारतले कम गरोस् भन्ने अमेरिकाले चाहेको उनले बताए । रुसको विरुद्ध अमेरिकी प्रतिबन्ध तयार गर्न महत्वपूर्ण भूमिका निभाएका दिलीप सिंह बुधबार दुई दिने भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् । दिलीपका यी भनाइ रुसी विदेश मन्त्री सर्गेई लाभरोभ दुुई दिनको भारत भ्रमणका क्रममा रहँदा नै सार्वजनिक गरेका हुन्…