अरुणाचल प्रदेशमा हिमपहिरो आउँदा पुरिए भारतीय सैनिक

भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखामा आएको  हिमपहिरोमा परी सातजना भारतीय सैनिक पुरिएको खबर आएको छ । उक्त घटना अरुणाचल प्रदेशको कामेङ सेक्टरमा १४ हजार ५०० फीटको उचाइमा आइतवार भएको भारतीय सेनाले जनाएको छ । ‘खोजी र उद्धार कार्य जारी छ । विशेष टोलीहरूलाई उद्धारका लागि घटनास्थल लगिएको छ,’ भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए । 

विगत केही दिनयता उक्त क्षेत्रको मौसम खराब छ र भारी हिमपात भएको छ ।  भारतीय सेनाको पूर्वी र उत्तरी कमान्डमा निकै उचाइमा ३५ हजारभन्दा बढी सैनिकहरू तैनाथ रहेको अनुमान छ ।  सन् २०१७ देखि यता १०० भन्दा बढी भारतीय सुरक्षाकर्मीहरू हिमपहिरोमा मारिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *