Britain

ब्रिटेनले पोल्याण्डमा अतिरिक्त सेना तैनाथ गरेको पुष्टि

ब्रिटेनले पोल्याण्डमा अतिरिक्त सेना तैनाथ गरेको पुष्टि

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले गत बिहीबार युक्रेन वरिपरि तनाउ बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण | गरिएको छ पुष्टि गरेका छन् । जोनसनले वार्सामा आफ्नो पोलिश समकक्षी माटेउज मोराविकीसँग भेटगरे पछि भने आज ब्रिटेनको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ । ब्रिटेनका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार ब्रिटेनले पोल्याण्डमा ३५० जना सेना पठाउने छ, जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ, जुन गत वर्ष पोलिशबेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका थिए । जोनसनका अनुसार भर्खरै आएका सेनाहरू पोल्याण्डमा | नाटोको फर्वार्ड उपस्थिति बढाउन योगदान गर्ने १५० ब्रिटिश सेनामा पनि सामेल हुनेछ| प्रधानमन्त्री जोनसनले भने म यहाँ आएका कारण पोल्याण्ड…
Read More
नाटो प्रमुख र बोरिस जोनसनबीच युक्रेन समस्याबारे चर्चा

नाटो प्रमुख र बोरिस जोनसनबीच युक्रेन समस्याबारे चर्चा

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नाटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा हालै भेटवार्ता भएको छ। हाल बेल्जियमको भ्रमणमा रहेका बृटिश प्रधानमन्त्री जोनसन र नाटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा चर्चा भएको बताइएको छ । उनीहरुका भेटका क्रममा खासगरी पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको छ। भेटका क्रममा नाटोका प्रमुख जेन्सले भने, भनेरुसका कारण युक्रेनमा उत्पन्न हुन लागेको भनिएको अवस्था युरोपको सुरक्षाका लागि पनि चासोको विषय हो । उनीहरुको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नाटो प्रमुख जेन्सले भने रुसका कारणले हाल देखिएको अवस्था निकै नै खतरनाक रहेको छ । नाटोले अहिले पनि रुस - युक्रेन…
Read More
चीनको ब्रिटेनलाई चेताउनी

चीनको ब्रिटेनलाई चेताउनी

चीनले आइतबार ब्रिटेनलाई चेताउनी दिँदै कोल्डवार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन। वास्तवमा, यसअघि ब्रिटेनका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस) लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुसचीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए । ब्रिटेनले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेताउनी दिएको छ । अकस एक ऐतिहासिक सुरक्षा सम्झौता हो जसमा अमेरिका, ब्रिटेन र अष्ट्रेलिया सामेल छन् । यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यो क्षेत्रमा बढ्दो दबदबालाई कम गर्ने बताएको छ । चीनले अकसको गठनपछि…
Read More
फेरि ब्रिटेनमा प्रदर्शन, के पूरा होलान् पूर्व गोर्खा सैनिकका माग

फेरि ब्रिटेनमा प्रदर्शन, के पूरा होलान् पूर्व गोर्खा सैनिकका माग

ब्रिटिश सरकारले कोभिड-१९ सँग जुध्न लागू गरेका प्रतिबन्धहरू केही खुकुलो तुल्याउँदै गर्दा मङ्गलवार सेन्ट्रल लन्डनमा सयौँ भूतपूर्व गोर्खा सैनिकहरू जम्मा भएर 'न्यायको माग' गरे। उनीहरूले "हामीलाई न्याय चाहियो, हामीसँग समान व्यवहार गरियोस्" जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए। भूतपूर्व गोर्खा सैनिकहरूसँग ब्रिटेनस्थित शीख समुदाय, केही भूतपूर्व ब्रिटिश सैनिकहरू र अन्य सङ्घसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका थिए। त्यस्तै गोर्खा सैनिकहरूलाई समर्थन जनाउँदै प्रदर्शनमा सहभागी नेपाली मूलका केही युवायुवतीहरूले नेपाललाई कोभिड विरुद्ध खोप दिन ब्रिटिश सरकारसँग माग गरेका थिए। Click here to view source
Read More