bangladesh

बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

बंगलादेशका गृहमन्त्रीले दुर्गा पूजा पण्डालहरूमा भएको आक्रमण पूर्व नियोजित भएको र त्यसको तयारी लामो समयदेखि गरिएको बताएका छन् । देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको उनको भनाइ छ ।  गृहमन्त्री अस्दुज्जमां खानले बताए, ‘एक समूहले निहित स्वार्थका साथ हिंसा चर्काएको हो । कोमिल्ला, रामु र नासिरनगरमा साम्प्रदायिक हिंसामार्फत देशलाई अस्थिर बनाउने कोशिश गरिएको हो ।’ आफूहरूसँग बलियो प्रमाण् जम्मा भएपछि अपराधीहरूलाई कठोर सजाय दिने उनले बताए ।  बंगलादेशमा शुक्रवार कुरानको अपमान गरिएको भन्दै दुर्गा पूजा पण्डाल र हिन्दू मन्दिरहरूमा आक्रमण गरिएको थियो । इस्कोन मन्दिरमा तोडफोड पनि गरिएको थियो ।  त्यसपछि भड्किएको हिंसाका क्रममा हिन्दू समुदायको घर र पसललाई तारो…
Read More
बाङ्ग्लादेशको खाद्य प्रशोधन कारखानामा भीषण आगलागी, कम्तीमा ४९ जनाको मृत्यु

बाङ्ग्लादेशको खाद्य प्रशोधन कारखानामा भीषण आगलागी, कम्तीमा ४९ जनाको मृत्यु

बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जना मारिएका छन्। थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रक एक अधिकारीले बीबीसीलाई बताए। विवरणहरूमा जनाइएअनुसार मानिसहरू भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो। आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको छैन। आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए। छ तले भवनमा आगलागी शुरू भएपछि ज्यान जोगाउन हाम फाल्दा कैयौँ कामदार घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। हराइरहेका कामदारका चिन्तित सयौँ आफन्त कारखाना परिसरबाहिर जम्मा भएका छन्।
Read More
पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन्

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन्

“यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका…
Read More
चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ

चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ

चिनियाँ विदेशमन्त्री वाङ यीले बंगलादेशलार्य सहयोग गर्ने बताउनुभएको हो । उहाँले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई सहगोग गर्न तयार छ र आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि अवाश्यक सहयोग गर्ने छ भन्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बंगलादेशका विदेशमन्त्रीसँगको फोनवार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । शनिबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनसँग फोनवार्ता गर्नुभएको थियो । त्यस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री यीले चीन र बंगलादेश दुई असल मित्र राष्ट्र भएकोले विगत लामो समयदेखि नै एक अर्काको सहयोगमा निरन्तरता दिइ आएको पनि बताउनुभयो ।उहाँले चीन बंगलादेशको स्वतन्त्रता, राष्ट्रियता,…
Read More
भासान चर मा रोहिंग्या शरणार्थियों को शोचनीय अबस्था

भासान चर मा रोहिंग्या शरणार्थियों को शोचनीय अबस्था

'भासन चर' टापुमा पुगेको भोलिपल्ट मध्यराततिर हलिमालाई सुत्केरी बेथा लाग्यो।उनी र उनको परिवार हालै बाङ्ग्लादेश सरकारले नयाँ जीवन सुरु गराउन भनेर उक्त टापुमा सारेका रोहिन्ज्या शरणार्थीमध्ये पर्छन्। उनले भनिन्, "म निकै डराएँ र सहायताविहीन महसुस गरेँ। मैले अल्लाहलाई 'दया गर' भनेँ।" बाङ्ग्लादेशी अधिकारीहरूले उक्त टापुमा अन्तर्राष्ट्रिय सहायता निकाय, मानव अधिकारवादी समूह वा पत्रकारलाई जान दिँदैनन्।
Read More
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

 बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ  । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
Read More