Australia

भारत र पाकिस्तानबीच त्रिदेशीय सिरिज हुनसक्छ, अष्ट्रेलियाले ठूलो योजना बनाएको छ

भारत र पाकिस्तानबीच त्रिदेशीय सिरिज हुनसक्छ, अष्ट्रेलियाले ठूलो योजना बनाएको छ

भारत र पाकिस्तानबीच राजनीतिक विवादको असर क्रिकेटमा पनि परेको छ । दुवै देशमा क्रिकेटलाई धर्मभन्दा माथि र देश देशको प्रतिष्ठासँग जोडिएर हेर्ने गरिन्छ । दुई देशको सम्बन्धमा चिसो आएपछि एक अर्काविरुद्ध पाकिस्तान र भारतले सिरिज खेलेका छैनन् । आईसीसीको इभेन्टमा पनि खेल्न आनाकानी गर्ने दुई देशले यो इभेन्टमा भने खेल्दै आएका छन् । आईसीसीको इभेन्ट अर्थात विश्वकप, एसिया कप जस्ता प्रतियोगिता खेले पनि अष्ट्रेलियाले आफ्नै मैदानमा भारत र पाकिस्तानलाई आमन्त्रण गरेर त्रिकोणात्मक एक दिवसीय सिरिज आयोजना गर्ने विषयमा सकारात्मक रहेको जवाफ दिएको छ । क्रिकेट अष्ट्रेलियाका प्रमुख निक हकले बोर्डमा भारत र पाकिस्तानलाई बोलाएर त्रिकोणात्मक सिरिज आयोजना गराउने विषयमा छलफल…
Read More
विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रेलियाले पाकिस्तामाथि ७ विकेटको जित हात पारेको हो । १९१ रनको लक्ष्य उसले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे ।   उसका लागि एलिस हेलीले सर्वाधिक ७२ रनको योगदान दिइन् । ७९ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । कप्तान मेग लेनिङ्गले ३५ र राचेल हाइनेसले ३४ रन जोड्दा अविजित रहेका एलिस पेरीले २६ तथा बेथ मोनीले २३ रन बनाए । पाकिस्तानका लागि ओमाइमा सोहेलले २ तथा नशरा सन्धुले १ विकेट हात पारे । यसअघि न्यूजिल्यान्डको माउन्ड माउंगानुइस्थित बे ओभलमा…
Read More
भारत र अष्ट्रेलियामा मृत्युदर उकालो लाग्यो : भारतमा एकैदिन १७ सय र अष्ट्रेलियामा ७० जनाको मृत्यु

भारत र अष्ट्रेलियामा मृत्युदर उकालो लाग्यो : भारतमा एकैदिन १७ सय र अष्ट्रेलियामा ७० जनाको मृत्यु

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।…
Read More
टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियासँग लडाइँ जिते

टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियासँग लडाइँ जिते

टेनिस स्टार नोभाक जोकोभिचको अस्ट्रेलियाको भिसा रद्द गरिदिएको मामिलामा भएको सुनुवाइका क्रममा अदालतले जोकोभिचलाई प्रवासन हिरासत केन्द्रबाट छोड्न आदेश दिएको छ । गत हप्ता अस्ट्रेलियन ओपनमा भाग लिन गएका सर्बियाली खेलाडी जोकोभिचलाई कोरोना खोप नलगाएको भन्दै अस्ट्रेलियाले भिसा रद्द गरिदिएको थियो । अस्ट्रेलियाको मेलबर्नमा ओर्लिइसकेपछि आफ्नो भिसा रद्द गरिएपछि जोकोभिचले आफ्नो यो लडाइँलाई अदालतमा लिएर गएका थिए । उनका वकिलहरुको बहसपछि भिसा रद्द गरिएको मामिलामा उनले अस्ट्रेलिया सरकारसँग जितेका छन् । न्यायाधीश एन्थोकी क्यालीले भिसा रद्द गर्ने अस्ट्रेलियाली प्राधिकरणको निर्णय खारेज गरिदिएका छन् । यसको अर्थ अब उनको पहिलेकै भिसा वैध छ र उनी अस्ट्रेलियामा प्रवेश गर्न र बस्न सक्छन्…
Read More
अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि नाकमा लगाइने स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यदि यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । यसको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभसिटी, मोनास युनिभर्सिटी लगायतका विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् । समाचारसंस्था एबिसीका अनुसार यो औषधि यहाँ रहेको ३ सय ४० घरमा परीक्षण गरिनेछ । यो परीक्षण सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यकता अनुसार वितरण गर्न सकिनेछ । यस…
Read More
अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ र डेभिड वार्नरले ५३ रन जोडे । कप्तान आरोन फिन्च ५ रनमै आउट भए भने ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२…
Read More
टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने

टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने

जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ। आइतबार राति समूह चरण अन्तर्गतको पाँचौँ तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान समूह विजेता भएको हो। यूएईको शार्जाह क्रिकेट रंशालामा भएको खेलमा टस जितेर पाकिस्तानले पहिलो ब्याटिङ गर्दै स्कटल्यान्डलाई १९० रनको चुनौती दिएको थियो। जवाफमा स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटियो। स्कटल्यान्डका लागि रिचि बेरिङटोनले अविजित अर्धशतकीय पाली खेले। उनले ३७ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए। त्यस्तै जर्ज मुन्सेले १७ तथा माइकल लिस्कले १४ रन बनाउनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। स्कटल्यान्डलाई रोक्न पाकिस्तानका शादब…
Read More
कोभ्याक्सिनलाई अस्ट्रेलियाको स्वीकृति

कोभ्याक्सिनलाई अस्ट्रेलियाको स्वीकृति

अष्ट्रेलिया सरकारले भारत बायोटेकको कोभ्याक्सिनलाई यात्राको अनुमति दिएको छ। यो जानकारी भारतका लागि अष्ट्रेलियाका उच्चायुक्त ब्यारी ओ फ्यारलले सोमबार दिएका हुन् । नयाँ अनुमतिपछि भ्याक्सिन पाएका भारतीयले अनुमति पाउनेछन् । यद्यपि कोभ्याक्सिनले विश्व स्वास्थ्य संगठनबाट ग्रिन सिग्नल प्राप्त गरेको छैन । कम्पनीले अप्रेलमा आपतकालीन प्रयोग सूचीकरणको लागि आवेदन दिएको थियो कोभिशिल्डले अष्ट्रेलियामा पहिले नै अनुमति प्राप्त गरिसकेको छ । समाचार एजेन्सी एएनआईका अनुसार, अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागले सोमबार भने, आज थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशन (टीजीए) ले भ्याक्सिनलाई 'मान्यता' दिने निर्णय गरेको छ । विभागको यो नयाँ निर्णयपछि कोभ्याक्सिन लिने भारतीय यात्रीले अन्तर्राष्ट्रिय उडान भर्न सक्नेछन् । १२ वर्ष वा सोभन्दा माथिका…
Read More
टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर-१२ का खेलहरु हुँदैछन्। समूह चरणका चार टोलीको निश्चित भएसँगै सुपर-१२ का खेल हुन लागेका हुन्। पहिलो खेल अष्ट्रेलिया र साउथ अफ्रिकाबीच हुँदैछ। खेल आबुधाबीमा हुनेछ। नेपाली समय अनुसार ३ः४५ बजे खेल सुरु हुनेछ। यस्तै, शनिबार राति इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ। आइतबार राति बहुप्रतीक्षित भारत–पाकिस्तानको खेल हुनेछ। समूह चरणको खेलबाट श्रीलंका, नामिबिया, स्कटल्याण्ड र बंगलादेशले स्थान बनाएपछि वर्ल्डकप खेल्ने १२ टिमको टुंगो लागेको हो। आयरल्याण्ड, ओमान, नेदरल्याण्डस् र पपुवा न्यू गिनीले भने सुपर १२ मा स्थान बनाउन सकेनन्। प्रतियोगितामा सुपर १२ मा स्थान बनाएका चार टोलीबाहेक अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड, वेस्ट…
Read More
भारतीय छात्रहरू चाँड़े अष्ट्रेलिया फर्किने

भारतीय छात्रहरू चाँड़े अष्ट्रेलिया फर्किने

अष्ट्रेलिया फर्किने आश गरिरहेका त्यहाँ पढ़ने लगभग १७ हजार भारतीय बिद्यार्थीहरुको लागि त्यहाँ जाने बाटो खुलेको छ। अब यी सबै विद्यार्थीहरुको फिर्ता चाँडै शुरु हुनेछ। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान र उनका अष्ट्रेलियन समकक्ष एलन टेड्रो बीच मंगलवार भर्चुअल चर्चा पछि भारतीय विद्यार्थीहरुको व्यवस्थित फिर्ता को लागि सहमत भएको छ। यी सबै विद्यार्थीहरु कोरोना संक्रमण बढे पछि भारत आए। यद्यपि, अब उनीहरु स्थिति सुधार भए पछि फर्कन चाहन्छन् । यसभन्दा पहिला त्यहाँ अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको लागि एक राहतको खबर थियो, जब त्यहाँको सरकारले कोभिशिल्ड भ्याक्सिनलाई मान्यता दिएको थियो यसैबीच, मंगलबार शिक्षामन्त्री प्रधानले आफ्ना अष्ट्रेलियाली समकक्षीसँग कुराकानी गरी भारतीय विद्यार्थीहरुको…
Read More