Amitabh Bachchan

केबीसी १३ मा प्रतियोगीले अमिताभ बच्चनसँग गरिन् ‘फ्लर्ट’, अभिनेताले भने, ‘बन्द गरिदिनुस् शो’

केबीसी १३ मा प्रतियोगीले अमिताभ बच्चनसँग गरिन् ‘फ्लर्ट’, अभिनेताले भने, ‘बन्द गरिदिनुस् शो’

टिभीको दुनियाँमा आजकाल महानायक अमिताभ बच्चनको शो कौन बनेगा करोडपति १३ छाएको छ । शोमा हट शीटमा बसेका प्रतियोगी अमिताभ बच्चनसँग आफ्नो फ्यान मोमेन्टमा रमाउन कुनै मौका छोड्दैनन् । कुनै खेल खेल्ने वा अमितिाभ बच्चनसँग आफ्नो जीवनका भित्री कुरा खोल्नुका साथै थुप्रैले उनीसँग मस्ती गरिरहेको पनि देख्न सकिन्छ । अब शोको नयाँ प्रोमो भिडियोमा एक प्रतियोगी अमिताभ बच्चनसँग फ्लर्ट गरिरहेको देखिएकी छिन् । त्यसपछि प्रतियोगी अमिताभ बच्चनसँग फ्लर्ट गर्दै भन्छन्, ‘सर, के म तपाईंलाई अमित जी भनेर बोलाउन सक्छु ।’ त्यसपछि अमिताभ भन्छन्, ‘तपाईं मलाई अमित मात्रै भन्नुहोस् ।’ त्यसपछि अमिताभ बच्चनले ठट्टा गर्दै भन्छन्, ‘निर्माता जी यो कार्यक्रम बन्द…
Read More
फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’  नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।
Read More
अस्पतालमा अमिताभ बच्चन,फ्यानहरू चिन्तित

अस्पतालमा अमिताभ बच्चन,फ्यानहरू चिन्तित

बलिउडका महानायक अमिताभ बच्चन एकाएक अस्पताल गएपछि उनका फ्यानहरू चिन्तित बनेका छन् । अमिताभ छोरी श्वेता नन्दासँग आइतवार अस्पताल पुगेका छन् ।  उनी अस्पताल पुगेको एक तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।  उनीहरू लिलावती हस्पिट को बाहिर पुगेको तस्वीरमा देखिन्छ । तस्वीर विरल भयानीको इन्स्टाग्राममा सार्वजनिक भएको थियो  उनीहरू कोरोना खोपका लागि अस्पताल गएका हुन् की स्वास्थ्य परीक्षणका लागि भन्ने खुलेको छैन
Read More