18
Oct
गत शुक्रबार अभिनेता अक्षय कुमारले आफ्नो ट्विटरमार्फत् नयाँ फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक गरेका थिए। उनको मुख्य अभिनय रहेको यो फिल्म युद्ध नायक मेजर जनरल इयान कार्डोजोको वास्तविक जीवनमा आधारित छ। अक्षयले फिल्मको पोस्टर सेयर गरेलगत्तै एक जना पूर्व सैनिक अधिकारीले पोस्टरमा देखाइएको खुकुरीमा रहेको त्रुटी औंल्याएका थिए। गोरखा फिल्मको पोस्टरमा अक्षय सैनिक पोशाकमा खुकुरी समातेको देखिन्छ। माज मणिक एम जोली नामका ती पूर्व सैनिक अधिकारीले पोस्टरमा खुकुरी गलत तरिकाले समातेको भन्दै अक्षयको ट्विटरमा टिप्पणी गरेका थिए। उनले लेखेका थिए, ‘प्रिय अक्षयजी, पूर्व गोरखा सैनिक भएको नाताले यो फिल्म बनाउन लाग्नु भएकोमा म तपाईंलाई धन्यवाद भन्न चाहन्छु। तर, विवरण सधैंं सही हुनुपर्छ, त्यसैले कृपया खुकुरीलाई राम्रोसँग देखाइदिनु होला। यो…