अपेक्षाअनुसार अन्तरिम बजेटमा लक्ष्मी भण्डार योजनाको बजेट बढ़ाइएको छ। अब लक्ष्मी भण्डारको रूपमा मासिक भत्ता 500 रुपियाँले बढ्ने भएको छ। सामान्य वर्गका महिलाहरू जसले हालसम्म 1000 रुपियाँ भत्ता पाउँदै थिए अब 1500 रुपियाँ पाउनेछन्। अर्कातिर अनुसूचित जाति तथा अनुसूचित जनजातिका महिलाहरूले 1200 रुपियाँको साटो 1700 रुपियाँ भत्ता पाउनेछन्। लक्ष्मी भण्डार योजनाको भत्ता बढ्ने विषयमा पहिले नै लगभग निश्चित थियो। चुनाउअघि राज्य सरकारको यो प्रमुख हतियारमध्ये एक मानिन्छ। त्यसअनुसार बजेट प्रस्तुतीकरणको आरम्भमै अर्थ राज्यमन्त्री चन्द्रिमा भट्टाचार्यले लक्ष्मी भण्डारको भत्ता वृद्धि गर्ने घोषणा गरिन्। राज्यको सबैभन्दा लोकप्रिय सामाजिक सुरक्षा योजना लक्ष्मी भण्डारमा एकैचोटि 500 रुपियाँ भत्ता बढ़ाउने निर्णय सरकारले गरेको हो। अर्थ राज्यमन्त्रीअनुसार, सामान्य वर्गका महिलाहरूले अब महीनामा 1000 को साटो 1500 रुपियाँ पाउनेछन् भने अनुसूचित जाति र जनजातिका महिलाहरूले 1200 को साटो प्रत्येक महीना 1700 रुपियाँ पाउनेछन्। राजनीतिक विश्लेषकहरूको धारणा अनुसार, राज्यको विशाल महिला मतदाता समूहलाई आफ्नो पक्षमा तान्न यो ठूलो कदम चालिएको हो।
यस बजेटमा केवल गृहिणीहरू मात्र होइनन् तर ग्रासरुट तहका कर्मचारीहरूमाथि पनि विशेष ध्यान दिइएको छ। राज्यका आशाकर्मी, आईसीडीएस कर्मचारी, प्यारा टिचर तथा सिभिक भोलिण्टियरहरूको भत्ता मासिक 1000 रुपियाँ बढ़ाइने भएको छ। लामो समयदेखि यी कर्मचारीहरूले भत्ता वृद्धि माग गर्दै आइरहेका थिए। चुनाउअघि तिनीहरूको यो माग पूरा गरेर सरकारले एकैचोटि धेरै लक्ष्य पूरा गरेको जानकारहरूको भनाइ छ।
बजेटमा राज्य सरकारी कर्मचारीहरूका लागि पनि चन्द्रिमा भट्टाचार्यले खुशीको खबर सुनाएकी छन्। राज्य सरकारी कर्मचारीहरूको महँगी भत्ता (डीए) थप 4 प्रतिशतले बढ़ाइने घोषणा गरिएको छ। यो बढ़ाइएको डीए आगामी 1 अप्रेलदेखि लागू हुनेछ। यद्यपि केन्द्र सरकारको दरसित तुलना गर्दा डीएमा रहेको अन्तरप्रति केही असन्तोष देखिएको भए पनि चुनाउको मुखैमा गरिएको यस घोषणाले सरकारी कर्मचारीहरूको मन जित्न केही भए पनि सहयोग गर्ने सत्तारूढ़ दलको विश्वास छ।
विपक्षीहरूले यस बजेटलाई मत बटुल्ने सस्तो रणनीति संज्ञा दिँदै आलोचना गरे पनि आम जनताको हातमा प्रत्यक्ष नगद रकम पुर्यातउने यस नीतिले तृणमूल कङ्ग्रेसलाई विगतमा पनि सफलता दिलाएको छ। विशेष गरी लक्ष्मी भण्डारमा थपिएको 500 रुपियाँले ग्रामीण महिलामाझ ठूलो प्रभाव पार्ने विषयमा कुनै शङ्का छैन। समग्रमा हेर्दा लक्ष्मी भण्डार, सिभिक भोलिण्टियरहरूको भत्ता वृद्धि र महँगी भत्ता यी तीन लक्ष्यमार्फत मुख्यमन्त्री ममता ब्यानर्जीले 2026 चुनाउको सङ्खघोष बजाइदिएकी छन्।
राज्यको अन्तरिम बजेट प्रस्तुत
