क्यान्सरविरुद्ध लड्ने सन्देश दिँदै वकाथन

क्यान्सरविरुद्ध लड्नुपर्छ भन्ने जनचेतना फैलाउने उद्देश्यमा वकाथन आयोजना गरिएको हो। एई समय अनि हिमालय दर्पण दैनिक पत्रिकाको पहलमा यो वकाथन आयोजना गरिएको थियो। पर्सि आइतवार शहरको मेला ग्राउण्डमा पनि वकाथन हुनेछ। यस कार्यक्रममा सबै तहका मानिसहरूलाई स्वागत गरिने जनाइएको छ।
पहाड़ क्षेत्रमा दौड़प्रति चासो बढ्दै गइरहेको छ। सर्वसाधारण यस कार्यक्रममा सहभागी हुन उत्साहित छन्। विभिन्न संस्थाहरूले यस महान पहललाई समर्थन गरिरहेका छन्। एसबीआई, द्वारिका, मणिपाल अस्पताल, डियर लटरी, रोयल एनफिल्ड, जिम्बा र रेड एफएमले यस पहललाई समर्थन गरेका छन्।

By Paromita