उत्तर उत्तर सिक्किममा भीषण पैह्रो

पहाड़को काखमा वसन्तको बिदा बिताउन गएका पर्यटकहरू गम्भीर समस्यामा परेका छन्। उत्तर सिक्किममा अत्यधिक वर्षाका कारण विभिन्न स्थानमा भीषण पैह्रो गएको छ। पैह्रोको कारण सड़क अवरुद्ध हुँदा मङ्गलबार रातिदेखि नै चुङथाङ क्षेत्रमा लगभग 200 पर्यटकहरू अलपत्र परे। बुधवार बिहानदेखि प्रशासनले स्थितिको मूल्याङ्कन गर्दै उद्धार कार्य आरम्भ गरेको छ।
मङ्गलवार राति अत्यधिक वर्षाका कारण चुङथाङ–लाचेन जोड्ने महत्व् पूर्ण सड़कका विभिन्न स्थानमा पैह्रो गएको मङ्गनका जिल्ला अधिकारी अनन्त जैनले जानकारी दिए। त्यसले गर्दा लाचेनतर्फ जाँदै गरेका पर्यटकका सवारी साधनबीच बाटोमै रोकिएका छन्। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै तिनीहरूलाई राति चुङथाङस्थित एउटा इण्डो-टिबेटन बोर्डर पुलिस क्याम्प र स्थानीय गुरुद्वारामा बस्ने व्यवस्था गरिएको छ। प्रशासनका तर्फबाट पर्यटकहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिँदै आएको छ।
बोर्डर रोड्स अर्गनाइजेशनले पैह्रो हटाई सड़क सफा गर्ने काम आरम्भ गरिसकेको छ। तर लगातार वर्षा भइरहेकाले कार्यमा बाधा उत्पन्न भइरहेको छ। मौसम विभागले पहाड़ी क्षेत्रमा निरन्तर वर्षा जारी रहन सक्ने जनाएको छ। सड़क पूर्ण रूपमा सुरक्षित घोषणा नभएसम्म पर्यटकहरूलाई उक्त मार्गमा आवागमन नगर्न निर्देशन दिइएको छ। प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै धेरै पर्यटकहरूले लाचेन भ्रमण रद्द गरी गान्तोक फर्किएका छन्। लाचेन मार्ग प्रभावित भए पनि लाचुङबाट केही राहतको खबर आएको छ। मङ्गलवार राति लाचुङ जाने सड़क बन्द भए पनि बुधवार बिहान त्यसलाई सफा गरिएको छ। त्यहाँ अलपत्र परेका पर्यटकहरूलाई सुरक्षित रूपमा गान्तोक पठाइएको छ।

By Paromita