रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँबाट रुसी सेना युक्रेन प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *