सिलगढी कलेजको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम

आज सिलगढी कलेजको ७४ औं स्थापना दिवस हो। सो अवसरमा कलेज क्याम्पसमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रमुख अतिथिका रुपमा नगर प्रमुख गौतम देव र नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा मेयरले कलेजको नवनिर्मित ४ तले भवन र कलेजको गेटको पनि उद्घाटन गरे ।कार्यक्रममा मेयर गौतम देवको ओहोदा, मेयर काउन्सिल सदस्य शोभा सुब्बा, कलेजका प्रिन्सिपल सुजितकुमार घोष, कलेज संचालन समितिका अध्यक्ष जयन्त कार लगायतको उपस्थिति रहेको थियो । यी दुई गेट निर्माणको काम २०१९ मा सुरु भएको भए पनि कोरोनाका कारण डेढ वर्ष काम रोकिएको मेयरले बताए । अहिले करिब चार करोडको लागतमा नवनिर्मित विद्यासागर भवन र गेटको उद्घाटन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *