भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औँ गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ। भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारेको बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र-सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो। 

बिमस्टेकमा नेपाल, भारत, बंगलादेश,  श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा रहेका छन्। पाकिस्तानसँगको तनावका कारण सार्कमा अरुचि देखाएको भारतले उसलाई बाहिर पार्दै बिमस्टेकलाई अघि सारेको छ। 

भारतीय प्रतिष्ठित अनलाइन इन्डियन एक्सप्रेसका अनुसार दिल्लीको लालकिल्लामा हुने गणतन्त्र दिवसको मुख्य परेडमा अतिथि बनाउने गरी बिमस्टेक सदस्य राष्ट्रसँग छलफल भइरहेको छ।

भारतीय विदेश मन्त्रालयले गणतन्त्र दिवसमा सबै बिमस्टेक सदस्य राष्ट्रको उपस्थिति सम्भव हुने नहुनेबारे कूटनीतिक च्यानलबाट छलफल अघि बढाएको इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ। 

ती राष्ट्र सबैले गणतन्त्र दिवसमा सहभागी हुने खबर गरेपछि मात्रै अतिथिहरूको विवरण सार्वजनिक तयारी छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *