सोमवार बिहान एसियन हाइवे 2 अन्तर्गत बाघडुग्राको सन्न्यासी चियाबारी क्षेत्रमा भएको सड़क दुर्घटनामा आँप बोकेको पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, पिकअप भ्यान बिहारबाट आँप बोकेर सिलगढ़ीतर्फ आइरहेको थियो भने ट्रकरी सिलगढ़ीदेखि फर्कँदै थियो। बाघडुग्राको सन्न्यासी चियाबारीमा दुवै वाहन एकार्कामा सोझै ठोक्किए। ठक्करमा पिकअप भ्यान पूर्ण रूपले क्षतिग्रस्त भएको छ। दुर्घटनामा बिहार निवासी गड्डु कुमार यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पिकअप भ्यानका चालक र अर्का एक यात्री गम्भीर रूपले घाइते भएका छन्। तिनीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पुर्या्इएको छ। दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। सूचना पाएपछि बाघडुग्रा पुलिस टोली घटनास्थलमा पुगेर घटनाको जाँच आरम्भ गरेको छ।
पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते
