हनुमान जयन्तीका अवसरमा पञ्चमुखी हनुमान मन्दिरमा चारदिने महानम यज्ञ सुरु भएको छ

जलपाईगुडीको पंचमुखी हनुमान मन्दिरमा हनुमान जयन्तीको अवसरमा आजदेखि महानम यज्ञ सुरु भएको छ । यहाँ चार दिनसम्म हनुमान जयन्ती कार्यक्रम हुने आयोजकले जनाएको छ । हनुमान जयन्ती पर्व आज कलश यात्राबाट सुरु भएको छ । महानम यज्ञसँगै राधाकृष्ण नामको जप पनि चलिरहेको छ ।हनुमान जयन्तीको अवसरमा भोलि मंगलबार विशेष पूजाको कार्यक्रम हुने आयोजकले यस पञ्चमुखी हनुमान जयन्तीमा टाढाटाढाबाट भक्तजनको भीड लाग्न थालेको छ । पञ्चमुखी हनुमान मन्दिरमा मानिसहरूको ठूलो आस्था छ।