उत्तर बङ्गाल विकास मन्त्री उदयनगुहा सँग माग्यो ५ करोड, केएलओको लेटरप्याडमा लेखिएको सन्देश ह्वाट्सएपमा आयो

केएलओ सङ्गठनले उत्तर बङ्गालका विकासमन्त्री उदयन गुहालाई ह्वाट्सएपमार्फत पत्र पठाएर १० दिनभित्र ५ करोड रुपैयाँ तिर्न माग गरेको छ। केएलओको लेटर प्याडमा लेखिएको सन्देश ह्वाट्सएपमा आएको जानकारी उत्तर बंगालका विकास मन्त्री उदयन गुहाले नै दिएका छन् ।मन्त्रीले कूचबिहारका पुलिस अधीक्षक र दिनहाटा पुलिस स्टेशनमा उजुरी दिएका छन्, साथै मन्त्री उदयन गुहाले कुचबिहारमा भएको चुनावी हिंसाको लागि भाजपालाई जिम्मेवार ठहराए। उनले भने कि यदि भाजपाले हिंसा नगरेको भए चुनाव शान्तिपूर्ण हुने थियो। उनले यो पनि भने कि तृणमूल कांग्रेसका उम्मेदवारहरू पहिलो चरणमा सबै तीन लोकसभा सीटहरूमा विजयी हुनेछन्।