आर्यन खान र अनन्या पाण्डेबीचको च्याटमा नयाँ खुलासा

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसका कारण जेलमा छन् । उनीसँगै अभिनेत्री अनन्या पाण्डे पनि विवादमा तानिएकी छन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले लागूऔषधका विषयमा आर्यन र अनन्याको नयाँ च्याट सार्वजनिक भएको छ । च्याटमा दुईजनाले लागूऔषध लेनदेन र एनसीबीको पनि चर्चा गरेका छन् । 

एउटा च्याटमा अनन्याले कोकेन टुमरो अर्थात् भोलि कोकेन खाने भनी अफर दिएकी थिइन् । अनि अर्को च्याटमा आर्यनले साथीहरूलाई एनसीबीको नाममा धम्क्याएका पनि पाइएको छ । 

ह्वाट्सयाप च्याटमा आर्यनले अचित कुमार नामक दलालसँग थोक मात्रामा लागूऔषध किन्ने कुरा गरेका छन् । आर्यनले अचितसँग ८० हजार भारु बराबरको लागूऔषध मगाएका थिए । 

आर्यन र अनन्याको च्याट सन् २०१९ को जुलाई महिनामा भएको थियो । आर्यनले चरेसको कुरा झिकेका थिए । अनन्याले त्यसको धेरै माग रहेको बताएकी छन् । 

अर्को च्याटमा उनीहरूबीच कोकेनको कुरा भएको छ । 

एनसीबीले त्यही च्याटका आधारमा अनन्यासँग सोधपुछ गरिरहेको छ । च्याटले आर्यनलाई थप अप्ठ्यारोमा पार्ने देखिएको छ ।

आर्यन धरौटीमा रिहा नभएपछि मुम्बईको आर्थर रोड जेलमा छन् । एनसीबीले अनन्यालाई दुईपटक अफिसमा बोलाएर सोधपुछ गरिसकेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *