एसआईआरको संशोधित सूचीमा नाम नभएको भन्दै सोमवारपछि मङ्गलवार फेरि स्थानीय मानिसहरूले सड़क अवरोध गरे। आज तिनीहरूले कोचबिहार–फालाकाटा राष्ट्रिय राजमार्ग अवरुद्ध गरे। अवरोधका कारण राजमार्गका दुवैतिर केही किलोमिटरसम्म वाहनहरूको लामो लाइन लाग्यो। यहाँसम्म कि आन्दोलनकारीहरूले पुलिसको गाड़ीलाई समेत बाटो छोड़ेनन्। लगातार चार घण्टासम्म चलेको यस अवरोधका कारण सर्वसाधारण यात्रीहरूले अत्यन्त दुःख भोग्नुपर्योघ।
प्रदर्शनकारीहरूको तर्फबाट बच्चा मियाँले भने, मेरो परिवारका नौजनाको नाम सूचीबाट हराएको छ। तानञ्जिना बिबीले दाबी भनिन्, मेरो परिवारका पाँचजनाको नाम छैन। नसिमा बिबीले पनि त्यस्तै आरोप लगाउँदै भनिन्, सबै कागजात बुझाएपछि पनि सूचीमा मेरो परिवारका एकजनाको नाम समावेश गरिएको छैन। पहिले मतदाता सूचीमा नाम, त्यसपछि मतदान, तिनीहरूको स्पष्ट माग छ। यसै मागमा बिहान 11 बजीदेखि लगभग चार घण्टासम्म सड़क अवरोध जारी रह्यो। अवरोधका कारण सामान्य यात्रीहरू निकै समस्यामा परे। रोगी छोरीलाई लिएर सिलगढ़ी जाँदै गरेका उत्तम महन्तले भने, परिवारसहित डाक्टर देखाउन जाँदै थियौँ। तर अवरोधका कारण सबै योजना बिग्रियो। अर्की एक यात्री शिखा सरकारले पनि अत्यावश्यक कामका लागि सिलगढ़ी जाँदै गर्दा केही घण्टा बसमै अड्किनु परेको बताइन्।
स्थिति नियन्त्रणमा ल्याउन ब्लकका संयुक्त बीडीओ कल्याण राय घटनास्थलमा आइपुगे। तिनले अवरोधकर्ताहरूलाई आश्वस्त पार्दै भने, कसैको मतदाता अधिकार रद्द गरिएको छैन। विषय हाल न्यायिक प्रक्रियामा छ। जसको नाम सूचीमा छैन, तिनीहरूले निर्धारित नियमअनुसार पुनः आवेदन गरे समस्या समाधान सम्भव छ। तिनले आवेदन प्रक्रियाबारे विस्तृत रूपमा बुझाएपछि प्रशासनको आश्वासनमा लगभग चार घण्टापछि अवरोध हटाइयो। घोकसाडाङ्गा थाना पुलिसले अड्किएका वाहनहरूको आवागमनको व्यवस्था गर्दै यातायात सामान्य बनायो। सम्पूर्ण विषयबारे उच्च अधिकारीहरूलाई जानकारी गराइएको पुलिसले जनाएको छ।
एसआईआरको संशोधित सूचीमा नाम हटाइएको विरोधमा राष्ट्रिय राजमार्ग अवरोध
