अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताए ।
उनले भनेका छन् – अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक,  सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो  आग्रह छ । हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई  बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका  हुन् ।
 संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ ।  तर पनि पछिल्लो समयमा त्यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी  परेको छ उनले भनेका छन् । उनले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका  र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका  कार्यक्रअरु सञ्चालन होस् भन्ने चाहेको पनि बताएका छन् ।

 विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि  पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै  गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् । संयुक्त राष्ट्रसंघीय  शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति  हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत  आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *