प्रधानसेनापति शर्मा र भारतीय पदाधिकारीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय पदाधिकारीबीच शिष्टाचार भेटघाट भएको छ।  प्रधानसेनापती शर्माले बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका हुन् ।

शिष्टाचार भेटघाटपछि आजै प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण गरे । प्रधानसेनापती शर्मालाई सो अवसरमा कलेजको ‘वाल अफ द होम’मा इन्डक्ट गरी सम्मानित गरिएको थियो । 

सो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हांसिल गर्ने सो कलेजका अल्मुनाइहरुलाई दिइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *