छठ पूजा र स्कूल खोल्नेबारे बीडीओ कार्यालयमा बैठक

आउँदो १६ अक्टोबरको दिनदेखि सबै सरकारी स्कूलहरू कक्षा ९ देखि १२ सम्म अनि कलेज प्रतिष्ठानहरू खोलिने राज्य सरकारको निर्णयलाई ध्यानमा राखेर आज कालचिनी बीडीओ कार्यालयमा स्कूलका शिक्षकहरूलाई लिएर एउटा जरुरी बैठक सम्पन्न भयो । उक्त बैठकमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, पञ्चायत समितिको एसीओ अपूर्व रायको उपस्थितिमा बैठक शुरु भएको थियो।

बैठकमा मुख्यमन्त्रीको घोषणा अनुरुप १६ अक्टोबरको दिनदेखि स्कूलहरू खोलिने भएकोले सम्पूर्ण कोभिड प्रोटोकललाई पालन गर्दै शिक्षकहरूले स्कूलको सरसफाई साथै सेनिटाइजेशन गर्ने कार्य सम्बन्धमा बीडीओ प्रशान्त बर्मनले शिक्षकहरूलाई जनाएका थिए ।

स्कूल खोल्न अघि आगामी १२ अक्टोबरभित्रै स्कूलहरू सबै सेनिटाइजेशन एवम् स्कूल परिसरको सफाई गरिनु पर्ने शिक्षकहरूलाई बताईएको थियो यसअघि बीडीओ प्रशान्त बर्मनले आउँदो छठ पूजा विषयलाई लिएर कालचिनी खण्डको ग्राम पञ्चायत प्रधानहरूलाई लिएर बैठक गरिएको जसमा छठ घाटहरूको सरसफाई बारेमा प्रत्येक प्रधानहरूलाई निर्देश दिएको बीडीओ प्रशान्त बर्मनले जनाएका छन् । यता स्कूल खोलिने कुराले अभिभावक साथै शिक्षकहरूमा एक प्रकारको स्फूर्ति छाएको देखिएको छ भने प्रशासनको निर्देश अनुरुप स्कूलहरूमा सफाई व्यवस्था गरिने शिक्षकहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *