स्थानीय वासीले बहुराष्ट्रिय खानेपानी उत्पादन गर्ने कम्पनीको गेटअगाडि विरोध प्रदर्शन गरेका छन्

पाँच सयभन्दा बढी स्थानीयवासीले बहुराष्ट्रिय खानेपानी उत्पादन गर्ने कम्पनीको गेटअगाडि आज विरोध प्रदर्शन गरेका छन् । यो कम्पनीले बजारमा बोतलबंद पिउने पानी बिक्री गर्छ। कम्पनीले रानीनगर औद्योगिक क्षेत्रमा करिब ८ सयदेखि १ हजार फिट गहिराइबाट पानी निकाल्ने गरेको स्थानीयको गुनासो छ ।

जसका कारण बेलाकोवा पञ्चायत क्षेत्रका घरका कुवा र ट्युबवेलको पानीको सतह घटेको छ । लाखौं बासिन्दा पिउने पानीको चरम समस्यामा छन् । त्यसैले आज रानीनगर औद्योगिक क्षेत्रमा रहेको खानेपानी उत्पादन गर्ने कम्पनीको कार्यालय अगाडि धर्ना दिनुका साथै शुद्ध खानेपानीको माग गर्दै ज्ञापनपत्र समेत दिएका छन् । तर, मानिसहरु क्यामेराको अगाडि मुख खोल्न चाहँदैनन् ।

आन्दोलनमा पञ्चायत प्रमुख पनि सहभागी थिए ।यसबारे खानेपानी उत्पादन गर्ने कम्पनीको कार्यालयमा लिखित जानकारी दिएको आन्दोलनकारीको भनाइ छ । घटनाबारे कम्पनीका मानव संसाधन अधिकृतलाई सोधपुछ गर्दा उनले फोनमा ज्ञापनपत्र प्राप्त भएको र माथिल्लो निकायमा पठाइएको बताए ।