सपना बर्मनको समर्थनमा खगेश्वरद्वारा सभा

आगामी विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा तृणमूल कङ्ग्रेसकी उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा एक कार्यकर्ता बैठक आयोजना गरियो जहाँ वरिष्ठ नेता खगेश्वर रोयले राजगञ्ज निर्वाचन क्षेत्रमा सङ्गठन सुदृढ़ गर्न अग्रणी भूमिका निर्वाह गरे।
मङ्गलवार बिहान निवर्तमान विधायकको निवासमा आयोजित उक्त बैठकमा विभिन्न ब्लक कमिटी, क्षेत्रीय कमिटीका सदस्यहरू साथै पार्टीका कार्यकर्ता र समर्थकहरू सहभागी थिए। छलफल मुख्य रूपमा सङ्गठनात्मक रणनीति र निर्वाचन अभियानको योजना निर्माणमा केन्द्रित थियो।
कार्यक्रममा बोल्दै रोयले भने, तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको निर्देशनअनुसार यो बैठक आह्वान गरिएको हो। अभिषेकले रोयलाई फोन गरेर उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा कार्यकर्तासित छलफल गर्न निर्देशन दिएका थिए।

By Paromita