भारतले श्रीलंकामा तमिल जनसंख्याका लागि समानता, न्याय सुनिश्चित गर्न श्रीलंकासँग चासो राखेको छ । श्रीलंकाका समकक्षी जिएल पेइरिससँग दिल्लीमा भएको भेटमा विदेशमन्त्री डा. एस जयशंकरले तमिल जनसंख्याबारे चासो व्यक्त गरेका छन् । ‘विदेशमन्त्री जयशंकरले श्रीलंकाका समकक्षी जिएल पेइरिसलाई तमिल जनताको समानता, न्याय र सम्मान सुनिश्चित गर्ने विषयमा चासो व्यक्त गरेका छन्,’ विदेश मन्त्रालयले भनेको छ जयशंकरले पारस्परिक लाभकारी परियोजनाहरू द्रुत रूपमा अगाडि बढाउन आग्रह गरेका छन् भने श्रीलंकासँग हवाई र सामुद्रिक सम्पर्क वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । श्रीलंकाली अर्थमन्त्री पेइरिस यो साता भारत भ्रमणमा आएका थिए ।
श्रीलंकाका विदेशमन्त्री पेइरिसले भारतले हालै उपलब्ध गराएको ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले मानवअधिकार र मेलमिलापमा श्रीलंका सरकारले चालेका कदमहरूको बारेमा विदेशमन्त्री जयशंकरलाई जानकारी दिएको पनि भारतीय विदेश मन्त्रालयले जनाएका छन् । तमिल जनसंख्यासँग मेलमिलापको महत्वपूर्ण पक्षका रूपमा श्रीलंकाले शक्ति हस्तान्तरण प्रक्रिया शुरु गरेको उल्लेख गरेका थिए । भारतले श्रीलंकालाई तमिल समुदायको हितको रक्षाका लागि आफ्नो प्रतिबद्धता पूरा गर्न आह्वान गर्दै आएको छ । तमिल जनसंख्याले श्रीलंकामा संविधानको १३औँ संशोधनको कार्यान्वयन गर्न माग गर्दै आएको छ ।