भारतको चुनौती समाप्त

भारतीय बक्सर सतीश कुमारले लड़ाकू मानसिकताको परिचय दिए पनि आफ्नो क्वार्टर फाइनल बाउटमा हारको सामना गर्नु पन्यो । सतीशले चोट लिएर पनि रिङ्गमा ओर्लिने | फसेला गरे अनि विश्वका नम्बर एक बक्सर उज्बेकिस्तानका | बाखोदिर जालोलोवको डटेर सामना गरे । ओलम्पिकको सुपर हेभिवेट क्याटगरीमा ओर्लिने पहिलो भारतीय सतीशलाई टोक्यो ओलम्पिक २०२० को प्री-क्वार्टर फाइनलमा जमैकाका बक्सर रिकार्डो ब्राउन विरुद्ध लड़ाइँमा च्यापु रा आँखामा गहिरो कट लागेको थियो । पछिबाट उनले ७ सिलाई गर्नु परेको थियो । यसैकारण सतीश क्वार्टर फाइनलमा ओर्लिने पनि तय थिए तर अन्तिम क्षणमा मेडिकल टोलीले उनलाई रिङ्गमा ओर्लिने अनुमति दियो। यसैकारण सतीशको लड़ाकू मानसिकताको सोशल मीडियामा निक्कै प्रशंसा भइरहेको छ । सात सिलाई भएपछि पनि देशको निम्ति रिङ्गमा ओर्लिने सतीशले सबैको मन जिते ।

जालोलोव विरुद्ध असल प्रदर्शन गरेर पनि टोक्यो ओलम्पिकबाट बाहिर भए । बाउटमा सतीश ०-५-ले पराजित भए। सेनाका ३२ वर्षीय बक्सरले आफ्नो दाहिने हातले केही सतीश कुमार (प्लस ९१ शक्तिशाली घुस्सी पनि लगाए तर (किग्रा) विश्व च्याम्पियन पूरा बाउटमा जालोलोवको धलिमलि रह्यो ।

तेस्रो राउण्डमा शीरमा लगाइएको सिलाई खोलिएर रगत बग्न थाले पनि सतीशले खेल जारी राखे। फूटबलरबाट बक्सर बन्ने जालोलोवले आफ्नो पहिलो ओलम्पिक पदक सुनिश्चित गरेपछि सतीशको बहादुरीको प्रशंसा गरे ।

जालोलोव तीनपल्ट एशियन च्याम्पियन हुन् । यसबाहेक सतीशको पराजयसँगै पुरुष बक्सिङ्ग मा भारतको चुनौती पनि समाप्त भयो । भारतका अन्य पुरुष बक्सरहरू अगावै पदकको होड़बाट बाहिर भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *