भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् ।

राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए ।

आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ ।

ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअरी र मार्च महिनामा बढी फैलिने जनाइएको छ । यतिबेला अंग्रेजी डिसेम्बर महिना चलिरहेको छ ।

भारतमा फेब्रुअरी र मार्च महिनामा ओमिक्रोन बढी फैलिएमा त्यसको असर नेपालसम्मै पर्नेछ । यसअघि समेत भारतमा कोरोना बढी फैलिँदा नेपालसम्मै खतरा देखिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *