भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ३२० जना संक्रमणपछि निको भइसकेका छन्।

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो।

देशका ८ जिल्लामा साप्ताहिक पोजिटिभ दर १० प्रतिशतभन्दा बढी रहेको उनले बताए। तीमध्ये मिजोरमका ६ जिल्ला छन्। एउटा जिल्ला अरुणाचल प्रदेशको हो। यसमा पश्चिम बंगालको कोलकाता शहर पनि समावेश छ।

अग्रवालले देशका १४ जिल्लामा साप्ताहिक पोजिटिभ दर ५ देखि १० प्रतिशत रहेको बताए । देशको ९० प्रतिशत वयस्क जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिएको जनाकारी दिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *