आईजीजेएफद्वारा उम्मेद्वार घोषणा

यसपल्ट पहाड़मा निकै कठोर प्रतिस्पर्धा हुने स्थिति देखिएको छ। भागोप्रमो, भाजपा-गोजमुमो गठबन्धन अनि आईएनसीसितै अब इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पनि चुनाउ प्रतिस्पर्धामा उत्रिने भएको छ। आईजीजेएफले आइतवार उम्मेद्वारहरूको घोषणा गरेको छ। दार्जीलिङ आसनमा स्वयं अजय एडवर्ड्स उम्मेद्वार बन्नेछन्। खरसाङ आसनमा बन्दना राई अनि कालेबुङ आसनमा ब्रिटो लेप्चा, मतिगढ़ा–नक्सलबारी आसनमा निमेष सुन्दास र सिलगढ़ी आसनमा कृष्ण नन्द सिंह उम्मेद्वार हुनेछन्।
अजय एडवर्ड्सले भने, हामी पहाड़का वासिन्दा गोर्खाल्याण्डको मागमा आन्दोलन गर्न चाहन्थ्यौँ। त्यसैले सबै क्षेत्रीय दलहरू मिलेर संयुक्त रूपमा उम्मेद्वार दिने चाहन्यौँसु। तर कसैले पनि सहमति जनाएन। त्यसैले हामीले एकलै चुनाउ प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौँ। हाम्रो लक्ष्य पहाड़को विकास र अलग राज्य हो।
अजय एडवर्ड्सले हाम्रो पार्टी गठन गरेपछि दार्जीलिङ नगरपालिकामा कब्जा गरेको थियो। तर हाम्रो पार्टीका काउन्सिलरहरूले दल परिवर्तन गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि हाम्रो पार्टीले दार्जीलिङ नगरपालिका गुमायो। त्यसपछि तिनले अलग राज्यको मागलाई अघि बढ़ाउँदै पार्टीको नाम परिवर्तन गरी आईजीजेएफ राखे। तिनलाई बिमल गुरुङको गोजमुमोले पनि साथ दिएको थियो।

By Paromita