‘द लेडी किलर’मा अर्जुनको जोडी भूमि

बलिउड चलचित्र ‘द लेडी किलर’मा अभिनेत्री भूमि पेड्नेकरले अभिनय गर्ने भएकी छन् । केही समयअघि घोषणा भएको यो चलचित्रमा अभिनेता अर्जुन कपूर रहने पक्का भएपनि नायिका फाइनल हुन बाँकी थियो ।

अजय बहलले निर्देशन गर्ने यो चलचित्रमार्फत अर्जुन र भूमिले पहिलोपटक पर्दामा जोडी बाँध्दैछन् । ‘द लेडी किलर’ एक थ्रिलर चलचित्र हुने बताइएको छ । चलचित्रलाई भूषण कुमार र शैलेश आर सिंहले निर्माण गर्दैछन् ।

अर्जुन कपूर हिट चलचित्रको खोजीमा छन् । भूमि बलिउडमा पछिल्लो समयकी सफल अभिनेत्रीको रुपमा परिचित छिन् । यसैले यी दुई कलाकारको जोडीले दर्शकमा नयाँ उत्साह पैदा गर्ने विश्वास निर्माणपक्षको छ ।

निर्देशक अजय बहलले बलिउडमा ‘सेक्सन ३७५’ र ‘बीए पास’जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । उनले तापसी पन्नुको होम प्रोडक्सन ‘ब्लर’ चलचित्रको पनि निर्देशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *