हिमालय एयरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी हात बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरेको छ। 

आज सम्पन्न एक कार्यक्रमबीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि पाठ्य पुस्तकहरु प्रदान गरेका हुन्। हिमालयले निरन्तर पाँचौ वर्षका लागि सामाग्री सहयोग गरेको हो।

प्रयास नेपाल ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वालवालिकाहरु रहेको एक अनाथालय हो। हिमालय एयरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भविष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्न संस्थागत सामाजिक उत्तरदायित्वतर्फ हिमालय सदा दृढ रहने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *