गंगासागरमा भीषण आगलागी, धेरै पसल जलेर नष्ट

गंगासागरमा बिहीबार बिहानै पसलमा अचानक आगलागी भएको छ। आगलागीबाट १० भन्दा बढी पसल जलेर नष्ट भएका छन्। घटना दक्षिण 24 परगनाको सागरको बामनखालीमा बिहानको समयमा भएको हो। दुईवटा दमकलले निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको बताइएको छ। ग्यास सिलिण्डर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। सोही क्रममा नजिकैका पसलमा ज्वलनशील पदार्थको थुप्रोका कारण आगो तिब्र गतिमा फैलिदै पसलमा राखिएका धेरै ग्यास सिलिन्डर विस्फोटन भएको थियो। त्यसपछि अर्को दमकल घटनास्थल पुग्यो। सागर प्रहरी पुगेर क्षेत्र घेराबन्दी गरेको छ। बजारमा भएको यो भीषण आगलागीका कारण व्यापारीहरु आतंकित भएका छन्। स्थानीय स्रोतका अनुसार चिया पसलमा ग्यास सिलिण्डरको अवैध भण्डारण भइरहेको थियो। सिलिन्डर पड्किएपछि पहिलो आगलागी भएको हो। आगो छिट्टै नजिकैका पसलहरूमा फैलियो। बिहानसम्म १२ पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *