FGII ले सिक्किममा एक पूरक स्वास्थ्य जाँच शिविर ल्याउँछ

भारतका  प्रमुख निजी बीमा कम्पनीमध्ये एक फ्यूचर जेनराली इन्डिया इन्श्योरेन्स कम्पनी‌ लिमिटेड (एफजीआईआई)‌ले स्वास्थ्य सम्बन्धी जागरूकता बढाउन र कुनै पनि अप्रत्याशित चिकित्सा घटना‌विरूद्ध सुरक्षाको दिशामा बीमाको महत्वबारे चेतना जगाउनका निम्ति सिक्किममा निःशुल्क स्वास्थ्य जाँच शिविरहरूको एउटा श्रृंखला आयोजन गरिरहेको छ।  यो पहल सेन्ट्रल रेफरल अस्पताल – सिक्किम मणिपाल विश्वविद्यालय, गान्तोकसँगको सहकार्यमा सञ्चालन गरिनेछ। उद्घाटन स्वास्थ्य जाँच शिविर मई 8 मा स्टेट ब्यांकक अफ सिक्किमको मुख्य कार्यालय  गान्तोकमा हुने तय गरिएको छ। त्यसपछि मई 10 मा  इन्टेल मोटर्स, गान्तोकमा अर्को सत्र आयोजित गरिनेछ।‌  दुवै सत्र बिहान 10.30 बजेबाट शुरु हुनेछन्।

साथै, कम्पनीले भविष्यमा पनि यस्तै शिविरको आयोजन गर्ने योजना बनाएको छ। स्वास्थ्य जाँच शिविरहरूमा सहभागीहरूले परामर्श र विभिन्न प्रकारका परीक्षणहरू गराउन पाउनेछन्।यसमा रक्तचाप निगरानी, ​​इसीजी (स्वास्थ्य परामर्शदाताले निर्दिष्ट गरेअनुसार), अनियमित रक्त शर्करा परीक्षण र आँखा जाँच सहित बायोमेट्री, पावर करेक्सन र सामान्य चिकित्सक परामर्श लगायत अन्य समावेश छन्। यी स्वास्थ्य जाँच शिविरहरूले स्वास्थ्यको बारेमा चेतना जगाउन र चिकित्सा खर्च व्यवस्थापन गर्न र आपतकालीन अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्न स्वास्थ्य बीमाको महत्वपूर्ण भूमिकालाई रेखांकित गर्न कम्पनीको लागि मन्चको रूपमा काम गर्दछ।

यसको प्राथमिक उद्देश्य भनेको जागरूकता सिर्जना गर्नु र व्यक्तिहरूलाई उनीहरूको स्वास्थ्य र बीमा आवश्यकताहरूको बारेमा राम्ररी सूचित निर्णयहरू गर्न आवश्यक ज्ञानद्वारा युक्त गर्नु हो। सिक्किममा स्वास्थ्य जाँच कार्यक्रम भारतभर बीमाको पहुँच बढाउने एफजीआईआईको विस्तृत रणनीतिसँग मेल खान्छ। बीमाको बारेमा चेतना जगाउने काममा कम्पनी अग्रपंक्तिमा रहेको छ र यो उद्देश्य हासिल गर्न देशभर विभिन्न कार्यक्रम तथा पहलहरू गरिल्याएको छ ।