वर्षाका कारण पहाडबाट ढुङ्गा खस्दा राष्ट्रिय राजमार्ग नं १० मा यातायात बन्द

मंगलबारदेखि नै उत्तर बंगालमा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पहाडमा पहिरो जान थालेको छ । दार्जिलिङका पहाडहरूबाट लगातार ढुङ्गा खसिरहेका छन् । दुर्घटनाको डरले प्रशासनले राष्ट्रिय राजमार्ग नं १० मा सवारी आवागमन रोकेको छ ।

 हाल सिलगढीबाट सिक्किम र कालिम्पोङ जाने सवारी साधनलाई लाभा गरूबथान रोडबाट डाइभर्ट गरिएको छ।बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्ग नं १० लिखुवी नजिकै पहाडबाट साना–ठूला ढुंगा खस्न थालेका छन् ।

लिखुवी पहिरो प्रभावित क्षेत्र हो । ढुंगा खस्दा ठूलो विपद्को खतरालाई मध्यनजर गर्दै प्रशासनले यस सडकमा सवारी आवागमन नियन्त्रण गर्ने निर्णय गरेको हो । कालिम्पोङ प्रहरीले स्थिति अनुगमन गरिरहेको छ ।