डोनाल्ड ट्रम्पको सोसल मिडिया ‘ट्रुथ सोसल’ आइफोनमा उपलब्ध

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतिक्षित सोसल नेटवर्किङ एप अन्ततः एप स्टोरमा उपलब्ध भएको छ। सुरुवातमा हालका लागि ट्रम्पको सोसल मिडिया एप ट्रुथ सोसल आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको छ।

रोयटर्सका अनुसार आइफोन प्रयोगकर्ताले २१ फेब्रुअरीको मध्यरातदेखि ट्रम्पको सोसल मिडियाको आईओएस एप आफ्नो आइफोनमा डाउनलोड गर्न पाएका छन् । एपसँगै ‘द ट्रुथ सोसल’वेबसाइट पनि निर्माणाधिन रहेको छ । एप स्टोरमा उपलब्ध ‘ट्रुथ सोसल एप’ तत्कालका लागि केवल आइफोनमा मात्र चल्दछ । अर्थात् यसलाई हाल आइप्याडमा चलाउन सकिंदैन ।

एप्पल एप स्टोरमा रहेको यो एपको विवरणमा उल्लेख भए अनुसार ‘ट्रुथ सोसल’मा प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत प्रोफाइल तयार गर्न सक्दछन् ।

साथै एपमा रहेको ‘डिस्कभर टूल’मार्फत् प्रयोगकर्ताले यो सोसल मिडियामा अन्य साथीहरू खोज्न सक्दछन् । यसमा प्रयोगकर्ताले भिडियोहरू अपलोड गर्ने र अन्य प्रयोगकर्तासँग शेयर गर्न पनि सक्दछन् ।

ट्रम्पको यो सोसल मिडिया धेरै हदसम्म ट्वीटरसँग मेल खाने बताइएको छ । ट्वीटरमा हुने ट्वीट, रिप्लाइ र लाइक्स अप्सनजस्तै यसमा ‘ट्रुथ, ट्रुथ्स एण्ड रिप्लाइ’ र मिडिया अप्सन रहेका छन् ।

स्मरण रहोस् गतवर्षदेखि ट्वीटर, फेसबुक तथा गुगललगायतका सोसल मिडिया प्लाटर्फमहरुबाट प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्प आफ्नै सोसल मिडिया खोल्ने निर्णयमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *