करीमूलको बायोपिक सुटिङमा देव

सुटिङ गर्दैछन् देव। सुटिङमा उत्रिन सक्छन् अमीर खान पनि। पद्मश्री सम्मानित करीमुल हकको बायोपिकको सुटिङ उत्तर बङ्गालमा चलिरहेको छ। यो चलचित्र हिन्दी भाषामा पनि बन्न सक्ने सम्भावना छ। त्यसबारे कुराकानी अघि बढ़ेको करीमुलले जानकारी दिएका छन्। रोगी आमालाई अस्पताल पुर्यासउन एम्बुलेन्स नपाएको पीड़ा मनमा बोकेर करीमुलले आफ्नै मोटरसाइकललाई एम्बुलेन्समा रूपान्तरण गरेका थिए। मालबाजारको क्रान्तिस्थित धलाबाड़ीका यी वासिन्दाले कति रोगीलाई अस्पताल पुर्यारए त्यसको कुनै हिसाब छैन। पद्मश्री सम्मानले सम्मानित कलीमुलको बायोपिकमा तिनको भूमिकामा अभिनय गरिरहेका छन् सांसद देव। सोमवारदेखि नै तिनी उत्तर बङ्गालमा डेरा जमाएका छन्। सुटिङ आरम्भ भइसकेको छ।
मङ्गलवार बिहान 8 बजीको कल टाइममा देव उपस्थित भएका थिए। पहिलो दिनको सुटिङ मालबाजार महकुमा अस्पतालको पुरानो भवनमा भएको थियो। अस्पतालमा जसरी कलीमुल आफ्नै मोटरसाइकलमा रोगी ल्याउँछन्, ठीक त्यसरी नै देवले पनि एक रोगी वृद्धालाई लिएर आए। तिनलाई काखमा बोकेर बाइक एम्बुलेन्समा चढ़ाए। बिहानदेखि साँझसम्म निरन्तर सुटिङमा व्यस्त रहे देव। तिनका सह–अभिनेता त्यति धेरै क्यामेरासामु देखिएनन्। सुटिङ युनिटका एक सदस्यअनुसार केही दिनमै चुनाउ घोषणा हुनेछ। त्यसपछि देव प्रचारमा व्यस्त हुनेछन्। त्यसैले त्यसअघि नै आफ्नो भागको सुटिङ सिध्याउन चाहन्छन्।
अभिनेता देवलाई हेर्न अस्पताल परिसरमा ठूलो भीड़ लागेको थियो। कति दिनसम्म यहाँ निरन्तर सुटिङ हुनेछ भन्ने प्रश्नमा तिनले हात जोड़ेर भने, अहिले यस विषयमा केही नसोध्नुहोस्। पहिले सुटिङ मन लगाएर सकाउन चाहन्छु। आज बुधवार मालबाजार शहर तथा शहरदेखि 13 किलोमिटर टाढ़ा चेल नदीको बालुवामा सुटिङ भइरहेको छ। त्यहाँ पनि कथाअनुसार देवको भाग पहिले नै सिध्याइनेछ।
यस चलचित्रमा अभिनयसितै निर्माण पनि देव आफैले गरिरहेका छन्। यस बायोपिक बलिवूडमा पनि बन्ने सम्भावना फेरि देखिएको छ। यस सम्भावनाबारे स्वयं कलीमुलले जानकारी दिएका छन्। लामो समयदेखि मुम्बईमा यस बायोपिकबारे छलफल चलिरहेको थियो। निर्देशक विनय मुडगिल सात–आठ वर्षअघि पहिलोपल्ट कलीमुलको घर आएका थिए। त्यसपछि तिनी फेरि धलाबाड़ी आएका थिए। त्यति बेला बलिवूड अभिनेता इरफान खानलाई कलीमुलको भूमिकामा लिने योजना थियो। तर इरफानको अचानक निधन भएपछि सबै योजना अस्तव्यस्त भयो र बायोपिक निर्माण रोकियो। मुख्य भूमिकामा कसले अभिनय गर्ने भन्ने विषयमा अन्योलता जारी रह्यो। कलीमुलको बङ्गाली बायोपिकमा तिनको कार्यजीवनको पहिलो 12 वर्षको कथा प्रस्तुत गरिँदैछ जसमा देवले अभिनय गरिरहेका छन्। कलीमुलको पछिल्लो जीवन हिन्दी चलचित्रको विषय हुनेछ। यस भूमिकामा के बलिवूड सुपरस्टार अमीर खानलाई देख्न पाइनेछ?

By Paromita