भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा पदर्शन

महाकाली नदी तरेर भारत जानेक्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलन शुरु गरेको छ । घटनाको विरोधमा आज काठमाडौँको शान्ति बाटिकामा विप्लवका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘भारतीय साम्राज्यवाद मूर्दावाद !’, ‘सिमानामा भारतीय ज्यादती बन्द गर !’, ‘लिपुलेक-कालापानी हाम्रै हो’, ‘नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर’, जस्ता नारावाजी गरेका छन् ।

धामी हिजो तुइनबाट भारत प्रवेश गर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी चुडाएका कारण उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

उक्त घटनाको विरोधमा विभिन्न राजनीतिक दल र उनीहरु सम्बद्ध भातृ संगठनहरुले आज देशव्यापी आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *