कारको एयर कन्डिसनरमा ग्यास भर्ने क्रममा सिलिण्डर विष्फोट- सैनिक जवान सहित ग्यारेजका ३ कर्मचारी गम्भीर घाइते

  • सेनाको गाडीको एयर कन्डिसनरमा इन्धन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना गम्भीर घाइते भएका छन्। घटना सिलगढी नगरपालिकाको वडा नम्बर १३ को पंजाबी पाडा क्षेत्रमा भएको हो । बुधबार बिहान ग्यारेजका कर्मचारीले सेनाको गाडीको एयर कन्डिसनरमा ग्यास भरिरहेका थिए ।त्यसपछि कार भित्रको एयर कन्डिसनरको ग्यास सिलिन्डर विस्फोट हुँदा ग्यारेजका तीन जना कामदार र एक सेनाका जवान गम्भीर घाइते भएका थिए । घटनाको खबर पाएलगत्तै वडाका पार्षद र मेयर माणिक दे घटनास्थल पुगेका थिए । उक्त ग्यारेजमा केही दिनदेखि गैरकानुनी रूपमा कारको एयर कन्डिसनरमा ग्यास भर्दै आएको स्थानीयवासीले गुनासो गरेका छन् । यस विषयमा काउन्सिलर र प्रशासनले कुनै पहल गरेनन् । घटनापछि प्रहरी घटनास्थल पुगेको थियो । पानीटँकी चौकी प्रहरीले सबै घटनाको अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *