कार्तिकेय पूजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम

 गाजोल ब्लकको फतेपुर क्षेत्रको सर्वजनीन पूजा समितिले कार्तिक पूजाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्तिक पुजाको अवसरमा फतेहपुर क्षेत्रमा पनि ठूलो मेला लाग्ने गरेको छ । गत बिहीबार फतेहपुर क्लबले २५ कार्तिक पूजाको आयोजना गरेको थियो । यस पुजामा साँस्कृतिक कार्यक्रम मार्फत बङ्गालबाट लोप हुँदै गएका भोमरा र गुञ्जरिया गीतहरु प्रस्तुत गरिएको थियो ।

कार्तिक पूजाको अवसरमा दुई दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको सम्बन्धित क्लबका पूजा समितिका कोषाध्यक्ष रवीन्द्रनाथ सरकारले जानकारी दिए । साथै गरिबहरुलाई कपडा समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *