कांग्रेसले पार्टी कार्यालय विधान भवन अगाडि स्टेज बनाएर सत्याग्रह विरोध प्रदर्शन सुरु गरेको छ

संविधान रक्षाको आह्वान गर्दै दार्जीलिङ जिल्ला कांग्रेसका नेता तथा कार्यकर्ता सडकमा उत्रिएर आन्दोलन सुरु गरेका छन्। केन्द्रको भाजपा सरकारको गलत नीतिका कारण आज संविधान र देश दुवै खतरामा परेको उनको भनाइ छ। लोकतन्त्रका चारवटै स्तम्भ खतरामा छन्। यसका लागि कांग्रेसले केन्द्र मात्र होइन राज्यको सत्तारुढ दललाई पनि कठघरामा उभ्याएको छ। जिल्ला कांग्रेसले हसमिचक क्षेत्रमा रहेको कांग्रेस पार्टी कार्यालय विधान भवन अगाडि मञ्च बनाएर संविधान बचाउ दिवस मनाउने निर्णय गरेको छ। सङ्गठनका जिल्ला अध्यक्ष शंकर मालाकारको उपस्थितिमा सत्याग्रह धर्ना प्रर्दशन कार्यक्रम सुरु भएको हो। शंकर मालाकारले लोकतन्त्रको विनाशमा प्रदेश र केन्द्र सरकार दुवै जिम्मेवार रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *