चिसो फलफूल र आइसबारले बंगाल सफारीका जनावरहरूलाई गर्मीबाट राहत

दक्षिण बङ्गालसँगै उत्तर बंगाल पनि चर्को गर्मीबाट अस्तब्यस्त छ। चर्को गर्मीले यहाँ मानिस संगसँगै पशु-पंक्षी पनि तड्पीरहेका छन् । सिलगढीस्थित बंगाल सफारीका अधिकारीहरूले सफारीका जंगली जनावरहरूलाई गर्मीबाट जोगाउन र तिनीहरूलाई चिसो राख्न विशेष व्यवस्था गरेका छन्। गर्मीबाट बच्न बंगाल सफारीका अधिकारीहरूले जंगली जनावरहरूका लागि चिसो फलफूल र आइसबारको व्यवस्था गरेका छन्।उनीहरुका लागि एयर कुलर पनि जडान गरिएको छ । चराहरूलाई गर्मीबाट जोगाउन घरहरू बनाइएको छ। खानेपानीको समेत पर्याप्त व्यवस्था गरिएको छ । उत्तर बङ्गाल वाइल्ड एनिमल पार्कका निर्देशक कमल सरकारले वन्यजन्तुका लागि चिसो फलफूल र आइसब्लक उपलब्ध गराएको बताए । साथै, एयर कुलर पनि उपलब्ध गराइएको छ।रोयल बेङ्गाल टाइगर्स र हिमालयन ब्ल्याक बियरका लागि दिनदिनै पार्कमा आइसबार ल्याइएको छ भने उनीहरुले आइसबारमा हाम फालेर गर्मीको आनन्द लिइरहेका छन् । बङ्गाल सफारीका हिमाली कालो भालुहरु हिउँमा नभएता पनि आइसब्लकमा खेलेर भएपनि आनन्द उठाईरहेका छन् । जंगली जनावरहरूको लागि फ्रिजिङ फलफूल पनि उपलब्ध गराइएको छ।चितुवा, मृग, हात्ती लगायतका जनावरका लागि शेड तयार भइसकेको छ । चर्को गर्मीमा कुनै पनि जनावर बिरामी नहोस् भनेर सबै कुराप्रति ध्यान दिइरहेको उनले बताए। बंगाल सफारीका एक पशु चिकित्सकले वन्यजन्तुहरूमाथि नियमित नजर राखी रहन्छन।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *