बर्द्धवान विश्वविद्यालय परिसर छेउछाऊका रूखहरू मासिएको विरोधमा एसएफआई आन्दोलित

गत १५ अप्रेलको दिन दिउँसै बर्द्धवान विश्वविद्यालय परिसर छेउछाऊका रूखहरूमा कुनै स्पष्ट कारणबिनै आगो लगाइयो। जसका कारण यस क्षेत्रको हरियाली तथा पर्यावरणमा ठूलो क्षति पुगेको छ। घटनाबारे स्थानीयले विश्वविद्यालय प्रशासनलाई गुनासो गरे पनि दमकललाई फोन गरेर आगो निभाउन कुनै पहल गरेनन्। यसको विरोधमा एसएफआईले आन्दोलन शुरू गरेको छ। एसएफआईको तर्फबाट विद्यार्थी युनियनले बहिष्कारको आह्वान गर्दै विश्वविद्यालय परिसरको भविष्य जोगाउन रुख नमास्ने जिम्मेवारी विश्वविद्यालय प्रशासनलाई लिन माग गरेको छ। मंगलबार एसएफआईको विरोध कार्यक्रममा सर्वसाधारणको उपस्थिति हेर्न लायकको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *