मुख्यमन्त्री ममता बनर्जीले जे भन्छन् त्यही गर्छिन्, सिलगढीमा चन्द्रिमा भट्टाचार्यले भनिन्, गोपाल लामालाई विजयी बनाउन आह्वान

दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसको तर्फबाट दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार गोपाल लामाको समर्थनमा आज सिलगढीमा कार्यकर्ता भेलाको आयोजना गरिएको थियो ।सिलगढीमा आयोजित बैठकमा तृणमूल महिला कांग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यको उपस्थिति थियो ।

बैठकमा उनले केन्द्रले राज्यलाई वञ्चित गरेको आरोप लगाए ।उनले १ लाख ३६ हजार जनताको आवासको रकम केन्द्रले रोकेको र त्यसलाई केन्द्रले स्वीकृत गरेको बताए । मुख्यमन्त्री ममता बनर्जीले मे १ सम्ममा केन्द्रले पैसा नदिए आफूले दिने बताएकी छन् । मुख्यमन्त्री ममता बनर्जीले जे भन्छिन् त्यही गर्छिन् ।

उनले सिलगढीमा चन्द्रिमा भट्टाचार्य र गोपाल लामालाई जिताउन आह्वान गर्दै यस पटक दार्जिलिङ लोकसभा सिटमा तृणमूल कांग्रेसका उम्मेदवारले जित्नेमा आफूलाई शतप्रतिशत आशा रहेको बताए ।भेटपछि उनले घरदैलोमा गएर गोपाल लामाको समर्थनमा जनसम्पर्क अभियान सञ्चालन गर्दै प्रदेश सरकारका विभिन्न योजनाबारे प्रकाश पार्दै गोपाल लामालाई भोट हाल्न आग्रह गरे ।