05
Apr
सिलगढी महानगरपालिकाको वार्ड नम्बर-३१ अन्तर्गत शक्तिगढ रोड नम्बर ११ का निवासी २८ वर्षीय सौरभ राय चौधरीको मंगलबार सिक्किममा हिउँको आँधीमा परेर मृत्यु भएको छ। सौरभ र अन्य तीनजना अफिसको कामका लागि सिक्किम गएको बताइएको छ। त्यहाँ हिउँ परेको खबर सुनेर उनीहरु हेर्न गएका थिए। त्यसैबेला उनीहरु भीषण हिउँको आँधीमा परे। अन्य तीनजना घाइते अवस्थामा जिउँदै फर्किए पनि हिउँमुनि पुरिएर सौरभको मृत्यु भएको छ। सेनाले उद्धार कार्य शुरु गरेको लामो समयपछि सौरभको शव फेला परेको हो। उनकी काकी रुनु राय चौधरीले यसको जानकारी दिएकी हुन। सिलगढीका मेयर गौतम देव बुधबार बिहान मृतकको घर गएका थिए। उनले भने कि सौरभको शव सिक्किममा…
